पूर्वलडाकूका धन्दा अनेक

१० फाल्गुन २०६९, बिहीबार ०६:५३ मा प्रकाशित

काठमाडौं, १० फागुन । बहिर्गमित लडाकुको नाममा सरकारले दिएको १५ लाख रकम लिएर सिंचाइमन्त्री महेन्द्र यादवका ज्वाइँको सहारामा फरार भएका माओवादी पूर्वलडाकु लेलिन विष्ट केही समयअघि पक्राउ परे । करिव तीन साता प्रहरी हिरासतमा गुजारेर धरौटीमा रिहा भएका उनी फेरि पक्राउ परेका छन् । यसपटक उनीमाथि अर्को गम्भीर आरोप लागेको छ । अवैध रूपमा कल बाइपास गरी ठगी गरेको अभियोग उनीमाथि प्रहरीले लगाएको छ । यसले उनी विभिन्न अन्य अपराधमा समेत संलग्न रहेको हुनसक्ने अनुमान प्रहरीले गर्न थालेको छ । 
गत मंगलबार २८ हजार धरौटी तिरेर सार्वजनिक अपराध ऐनमा छुटेका लेलिनलाई छुटेलगत्तै प्रहरीले पक्राउ गरेको हो । भक्तपुरको ठिमी नगरपालिकाका बच्चु बुढाथोकीको घरको पहिलो तलामा कल बाइपासको धन्दा सञ्चालन गर्ने गरेको अभियोग उनीमाथि लगाइएको छ । प्रहरीले त्यहाँबाट जीएसएम एन्टेना १८ थान, फिक्स वायरलेस टर्मिनल २६ थान र युसिम बरामद गरेको छ । उनीसूगै गुल्मीका कमल गौतमलाई पनि पक्राउ गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार