सुनामीपीडितलाई सुनको इँटा उपहार

९ फाल्गुन २०६९, बुधबार ०९:४१ मा प्रकाशित

एजेन्सी/ दुई वर्षअघि आएको सुनामीका कारण तहसनहस बनेको जापानको मियागी प्रान्तस्थित इसिनोमिकी नामक माछा मार्ने बन्दरगाहमा आजभोलि पार्सलमार्फत सुनको इँटा प्राप्त हुन थालेपछि मानिस आश्चर्यमा पर्न थालेका छन् । त्यसरी सुन राखेर पार्सल पठाउनेले आफ्नो कुनै पहिचान नदिएको विषयले झन् कुतूहल पैदा गरेको एजेन्सीहरूले उल्लेख गरेका छन् । त्यहाँ पुनर्निर्माणको काममा कार्यरत सुनामी सहायता समूह एवम् माछा बजारमा काम गर्नेहरूलाई दुई किलोग्राम तौलको सुनको इँटा डेढ साताअघि मात्र प्राप्त भएको छ, जसको हालको बजार मूल्य कमसेकम पनि दुई लाख पचास हजार यूएस डलर पर्छ । पार्सलमार्फत सुन प्राप्त हुने घटना दोहोरिन थालेको बताइन्छ । स्थानीय अखबारहरूले यस घटनालाई ‘सुनौलो सद्भावना’ भन्ने नाममा पुकार्न थालेका छन् ।
दुई वर्षअघि जापानमा आएको नौ रेक्टर स्केलको भूकम्प तथा विशाल सुनामीका कारण १९ हजार मानिसको ज्यान गएको थियो भने फुकुसिमा परमाणु संयन्त्रसमेत ध्वस्त भएको थियो । यस्तै टोकियोभन्दा तीन सय ५० किलोमिटर उत्तरपूर्वमा पर्ने इसिनोमिकीमा पनि तीन हजार मानिसको ज्यान जानुका साथै ४० हजारभन्दा बढी घर भत्किएका थिए ।
बन्दरगाह तथा फिस मार्केट कम्पनी लिमिटेडका प्रमुख क्युनिओ सुनोले दुई किलो वजनको सुनका इँटा आफ्नो नाममा प्राप्त भएको स्वीकार गर्दै पठाउने व्यक्तिले आफ्नो नाम–ठेगाना उल्लेख नगरेको पुष्टि गरेका छन् । उनले उक्त धनलाई स्थानीय माछाबजारको पुनर्निर्माणमा उपयोग गरेर दाताको भावनाको सम्मान गरिने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले

सिओल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण

दक्षिण एशियाली मुलुक भुटानमा राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष