विहङ्गमराजको भविष्यवाणी सत्य सावित

९ फाल्गुन २०६९, बुधबार ०९:१३ मा प्रकाशित

काठमाडौं, ९ फागुन । सुविख्यात ज्योतिषी एवम् तान्त्रिक विहङ्गमराज तिमिल्सिनाले गत पुस ११ गते गर्नुभएको भविष्यवाणी ठ्याक्कै मिल्न पुगेको छ । एक साप्ताहिक अखबारलाई अन्तर्वार्ता दिँदै तिमिल्सिनाले भन्नुभएको थियो, ‘आगामी माघ ७ गतेभित्र नेपाली काङ्गे्रसका सभापति सुशील कोइराला प्रधानमन्त्री बन्न सक्ने योग परेको छ । माघ ७ गतेसम्म कोइरालाजीको योग राम्रो छ, तर त्यसभित्र उहाँ प्रधानमन्त्री बन्न सक्नुभएन भने योग टरेर जानेछ । त्यस मितिउप्रान्त कोइरालाजीको राम्रो छैन ।’ उहाँले भन्नुभएको थियो, ‘अहिले भइरहेका नेताहरूलाई जनताले विश्वास नगर्ने स्थिति आउँछ, फलतः नयाँ नेतृत्व खोजी हुने देखन्छ । पुरानो ग्रहले अब छोड्छ र नयाँ ग्रहको सुरुवातसँगै नयाँ नेतृत्व आउँदा नेपालका लागि लाभदायक नै हुन्छ ।’

ज्योतिषी तान्त्रिक पण्डित विहङ्गमराजले ०५० सालमा सन्तनेता कृष्णप्रसाद भट्टराईको जन्मकुण्डल अध्ययन गरी उहाँले चुनाव जित्ने र प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताउनुभएको थियो । त्यसबेला उहाँलाई काङ्गे्रस नेता बलबहादुर केसीले भैंसेपाटीस्थित भट्टराईको निवासस्थानमा लिएर जानुभएको थियो । तिमिल्सिनाले शेरबहादुर देउवाले जीवनमा तीनपटक सजिलै प्रधानमन्त्री बन्ने र चौथोपटक बडो मुस्किलले प्रधानमन्त्री बन्ने योग रहेको भविष्यवाणी पनि गर्नुभएको थियो । नेपाली सेनाका जर्नेल नेपालभूषण चन्दलाई उहा“को कुण्डली हेरेपछि गत असारमा चन्द प्रधानसेनापति नबन्ने स्पष्ट रूपमा बताइदिनुभएको थियो । त्यसरी प्रधानसेनापति बन्न नसक्ने बताइदिएपछि चन्दले तिमिल्सिनासँगको सम्पर्क र सम्बन्ध नै विच्छेद गर्नुभएको थियो । त्यसअघि (करिब एक दशकअघि) नेपाली सेनाका सहायक रथी दिलीपशमशेर जबरालाई तिमिल्सिनाले तपाईंको जागिर सङ्कटमा पर्दै छ भनी जानकारी दिएका थिए । त्यसको केही महिनापछि नै जबराले पोखरामा एक कार्यक्रममा राजनीतिक दलहरूलाई जथाभावी गाली गरेपछि उनलाई पदमुक्त गरिएको थियो ।

यसैबीच पण्डित तिमिल्सिनाले काङ्गे्रस नेता रामचन्द्र पौडेल ०७१ सालदेखि ०७४ सम्ममा माथिल्लो ओहोदामा पुग्नसक्ने भविष्यवाणी गर्नुभएको छ । उहाँले खिलराज रेग्मी सरकारप्रमुख भएमा रेग्मीबाट सत्य र न्यायकै पक्षमा काम हुने र राजनीतिक मानिसबाट भन्दा रेग्मीबाट नै देशलाई राम्रो हुने ग्रहगोचर रहेको पनि बताउनुभएको छ । तर, उहाँले जेठमा निर्वाचन हुन भने असम्भव भएको स्पष्ट गर्नुभएको छ । ‘नेपालको राशि–नक्षत्र हेर्दा आगामी जेठ महिना शुभकारक देखिन्न, जेठमा चुनाव हुन ज्योतिषीय दृष्टिले मुस्किल देखिन्छ,’ विहङ्गमराजको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा