संघियता नभए मधेश टुक्रिने मधेसी मोर्चा नेताहरुको चेतावनी

१८ चैत्र २०६८, शनिबार १८:१० मा प्रकाशित

काठमाडौ, १८ चैत । शान्तिप्रक्रिया तोकिएकै समयमा पूरा गरेर सङ्घीयतासहितको नयाँ संविधान जारी गर्न दबाब दिने उद्देश्यले मधेसी मोर्चाले आज राजधानीको खुल्ला मञ्चमा प्रर्दशन सहित आमसभा गरेको छ ।  आमसभा अघि राजधानीका विभिन्न ठाउँबाट मोर्चामा आबद्ध राजनीतिक दल तथा तीनका भ्रातृ संगठनहरुले प्रर्दशन गरेका थिए ।
आमसभालाई संबोधन गर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संघीयता विना संविधान जारी हुनै नसक्ने भन्दै त्यस्तो प्रयास गरे मधेसी, दलित, आदीवासी जनजातीले मिलेर भिषण आन्दोलन गर्ने चेतावनी दिनु भयो ।
उनले मधेसी मोर्चा शान्ति र संविधानको सुनिश्चितताकोलागी नै सरकारमा गएको भन्दै यहि सरकारले शान्ति र संविधानको काम पुरा गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
सद्भावनाका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले संघियता विनाको संविधान बन्न नसक्ने बताउनुभयो । उहाँले संघियता विनाको संविधान बने देश टुक्रिन सक्ने बताउनुभयो । हिमाल, पहाड र तराईबीच अझै एकताको हुन नसकेको बताउँदै महताले परम्परागत शासकहरुले राष्ट्रघात गरेको आरोप लगाउनुभयो ।
यस्तै कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र यादवले संघियताका लागि महाभारत जत्रै युद्ध हुने बताउनुभयो । उहाँले संघियता विनाको संविधान संभव नभएको भन्दै संघियताका लागि आदिवासी, जनजाति र मधेसी एक हुनुपर्ने बताउनुभयो । यस्तै मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यबहाक अध्यक्ष राजकिशोर यादवले मधेसको स्रोत उपभोग गर्ने नेताहरुले मधेसलाई उपेक्षा गरेको आरोप लगाउनुभयो । उहाँले संघियता विनाको संविधान ल्याउन खोज्ने नेताहरु सिंहदरबारबाट काशी गएर माला जपे हुने बतानुभयो । उहाँले आफूहरुले देश टुक्राउने कुराको कल्पनासम्म पनि गर्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले