
नवलपरासी, ९ फागुन । नवलपरासीको भित्रिमधेश र तराईमा ब्यबसायिक पशुपालन ब्यबसायबाट बार्षिक रुपमा एक करोड ५६ लाख ९५ हजार लिटर दुध उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालय नवलपरासीले जनाएको छ ।दुध बिक्रीबाट जिल्लामा बार्षिक रुपमा ५४ करोड रुपैयाँ किसानहरुले पाउने गरेको कार्यालयले जानकारी दियो ।
भित्रिमधेशका २० र तराईका ३६ गाँउ बिकास समीतिमा ब्यबसायीक पशुपालनबाट उक्त रुपैयाँ भित्रिने गरेको बताईएको छ । जिल्लामा २३ हजार ५ हेक्टर जग्गा पशु चरण र एक लाख १० हजार सात सय ५८ हेक्टर जंगल भएका कारण पनि नवलपरासीमा ब्यबसायीक पशुपालन पच्चिमाञ्चलमै उत्कृष्ट रहेको जिल्ला पशु सेवा कार्यालय नवलपरासीको दाबी छ ।
नवलपरासीमा गाई र भैसीको नेपालकै अनुपातमा २.३ प्रतिसत रहेको छ । दुध उत्पादनमा नेपालकै अनुपातमा ४ प्रतिसत रहेका कारण पनि दुध उत्पादनको क्षेत्रमा नवलपरासीका किसानहरुको महत्यपुर्ण योगदान रहेको बरिष्ट पशु बिकास अधिकृत शंकर शाहाले जानकारी दिए । शाहका आनुसार जिल्लामा एक लाख ७ हजार दुध दिने गाई र एक लाख १० हजार दुध दिने भैँसी पालिएको छ ।
– चन्द्रकान्त खनाल
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय
काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित
काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९