भारतमा ‘बरालिएका’ प्रचण्डपुत्र अचानक मस्कोमा

९ फाल्गुन २०६९, बुधबार ०६:५१ मा प्रकाशित

काठमाडौं, ९ फागुन । नयाँ पत्नीसहित बेपत्ता भएका एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहाल अप्रत्यासित रूपमा मस्कोमा झुल्कँदा उनलाई देख्नेहरू चकित परे । प्रकाश मस्कोस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा मस्कोका चर्चित नेपाली व्यापारी उपेन्द्र महतोका साथ प्रकट भएका थिए । अधिकांश अपरिचितहरूको भीडमा प्रकाश रात्रिभोज अवधिभर उपेन्द्र महतोसँगै घुमिरहेका देखिन्थे । प्राप्त जनाकारीअनुसार प्रकाश केही समयअघिदेखि मस्कोस्थित महतोको ‘महल’मा बस्दै आएका छन् । उनलाई पिता प्रचण्डले ‘व्यापारिक तालिम’का लागि महतोको जिम्मा लगाएर मस्को पठाएको बुझिन्छ । प्रकाशको चर्तिकलाले निकै विरक्तिएका प्रचण्ड र उनकी पत्नी सीता आफ्नो एक मात्र पुत्र भारतमा यत्तिकै बरालिएर बस्यो भन्दै थप चिन्तित बनेका थिए । उनीहरूको सल्लाहमा पुत्रलाई व्यापारी उपेन्द्र महतोको जिम्मा लगाइएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति