मधेशको प्राकृतिक श्रोत जल, जमिन र जंगल मधेसीबाट खोसियो : ठाकुर

१८ चैत्र २०६८, शनिबार १८:१० मा प्रकाशित

काठमाडौ, १८ चैत । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशको प्राकृतिक श्रोत जल, जमिन, वन, जंगल र अधिकार समेत मधेसीबाट खोसिएको दाबी गरेका छन् ।

ठाकुरको दाबी थियो मधेशको प्राकृतिक श्रोत र अधिकार मधेसबाट खोसिएको छ,’ संघीयतासहितको संविधानका लागि दबाब दिन शनिबार राजधानीको खुलामञ्चमा आयोजित सभामा अध्यक्ष ठाकुरले भने, ‘जल, जमिन र  जंगल मधेसीबाट खोसिएको छ, मधेसीको हातमा छैन ।’ ठाकुरले कार्यकारी अधिकार घुमाइ फिराइ खससँगै राख्न संविधान लेख्न ढिला भएको आरोप लगाए ।

ठाकुरले राज्यले हतियार राखेर मधेसीलाई आतंकवादी बनाएकोमा दुःख ब्यक्त गरे । ठाकुरले मधेसीले चाहेको संघीयता राज्यका लागिमात्रै नभएको उल्लेख गर्दै संस्कृति, पहिचानका लागि पनि भएको बताए ।

ठाकुरले संघीयताबिनाको संविधान मान्य नहुने बताउँदै संघीयताले मुलुक नटुक्रने दाबी समेत गरे । उनले संघीयता नदिए मधेसमात्रै होइन सिंगो नेपाल मधेसीले कब्जा गर्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता