पूर्वयुवराज पारसलाई फेरि हर्ट एट्याक !

८ फाल्गुन २०६९, मंगलवार २२:३० मा प्रकाशित

काठमाडौं, ८ फागुन । आफ्ना बुबा पूर्वराजा ज्ञानेन्द्रसँग पारिवारिक, व्यावसायिक एवम् राजनीतिक विषयमा समेत गम्भीर मतभेद भएपछि केही वर्षदेखि स्वदेशबाहिर बस्दै आएका पूर्व युवराज पारस शाहलाई फेरि हर्ट एट्याक भएको बताइएको छ । करिब चार वर्षअघि पनि उनलाई हृदयाघात भएको थियो । त्यतिबेला राजधानीमै रहेका पारसको नर्भिक अस्पतालमा उपचार भएको थियो । यतिबेला पत्नी हिमानीसँग समेत सम्बन्ध चिसिएपछि सिंगापुर छाडेर एक्लै बैंकक बस्दै आएका पारस स्थानीय एक होटलमा तोडफोड गरेको मुद्दासमेत झेलिरहेका छन् । परिवारबा उपेक्षित भएको अनुभूति गर्दै केही महिनादेखि पारस अत्यन्त तनावमा रहँदै आएका समाचारहरु सार्वजनिक भएका थिए ।
मंगलबार साँझ हृदयाघात भएपछि बैंककस्थित समितिभेज सृनाकरिन अस्पताल भर्ना गरिएका पूर्व युवराज पारसको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

काठमाडौं । सभामुख र सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाईंदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी