बुधबार माओवादीले राष्ट्रपति निवासमा धर्ना दिने

८ फाल्गुन २०६९, मंगलवार २२:१९ मा प्रकाशित

रासस/ काठमाडौं, ८ फागुन । नेकपा-माओवादीले प्रमुख तीन राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको भनिएको नौबुँदे सहमति जलाएको छ। सो पार्टीले आयोजना गरेको नेपाल बन्दको समापन अवसरमा शान्ति बाटिकामा आयोजित कार्यक्रममा माओवादीका नेता तथा कार्यकर्ताले अन्तरिम संविधान र राष्ट्रिय स्वाधीनता विरोधी भएको भन्दै ९ बुँदे सहमतिपत्र जलाएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका सचिव देव गुरुङले विदेशीको इशारामा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न लागिएको आरोप लगाउँदै दलहरूबीच भएको सो सहमति अन्तरिम संविधानविपरीत र राष्ट्रघाती भएको बताए।
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याको आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइ र प्रधानन्यायाधीश नेतृत्वको सरकार गठनविरुद्धको आफूहरूको आन्दोलन निरन्तर जारी रहने उनले बताए। ‘शान्ति सम्झौतामा जनयुद्वकालीन मुद्दाहरू फिर्ता लिने र सो विषयलाई टुङ्ग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने उल्लेख छ, अन्तरिम संविधानको धारा १४७ मा सो सम्झौतालाई संविधानको एक भाग हुनेछ भन्ने लेखिएको छ, त्यसकारण जनयुद्धकालीन मुद्दा कोही कसैलाई लगाउन मिल्दैन’, उनले भने।
माओवादीका संयोजक मातृका यादवले चार दलको पछि लागेर प्रधानन्यायाधीश प्रधानमन्त्री बन्न खोजे आन्दोलनका माध्यमबाट उनको दुवै पद खोसिदिने चेतावनी दिए।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मणि थापाले राष्ट्रवादी र राष्ट्रिय आत्मसर्मपणवादीबीच अहिले निर्णायक लडाई भइरहेको उल्लेख गर्दै सो लडाईमा राष्ट्रवादीकै जित हुने उद्घोष गरे।
नेकपा(एकीकृत)का नेता परि थापाले संविधानसभाको हत्या गर्नेहरूले नै अहिले फेरि संविधानसभाको चुनाव गराउने जिम्मा दिनु विडम्बना भएको बताउनुभयो ।
पत्रकार युवराज घिमिरेले क्रान्तिकारी शक्ति दलालमा परिणत भएपछि मुलुकको स्वाभिमान र स्वतन्त्रता सङ्कटमा पर्न लागेको बताउँदै प्रधानन्यायाधीश प्रधानमन्त्री बन्न दलहरूसँग वार्ता गर्दै हिँड्नुले न्यायपालिकाको मर्यादा उल्लङ्घन भएको टिप्पणी गरे।
यसैबीच सरकार गठनका लागि राष्ट्रपति डा रामवरण यादवबाट प्रमुख चार राजनीतिक दललाई मात्रै सहभागिता गराएको विरोधमा माओवादीलगायत पाँच दलले भोलि दिउँसो राष्ट्रपति कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिएका छन् ।
यता नेकपा मालेले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने चार राजनीतिक शक्तिले गैरराजनीतिक व्यक्तित्व सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नका निम्ति उनीहरुद्वारा गठित कार्यदलले तयार गरेको सहमतिको प्रस्तावप्रति विरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।