पश्चाताप, क्षमादान, परिपूरण र कारावाहीको आधारमा सत्य निरुपण र बेपत्ता आयोग गठन गरिने

१८ चैत्र २०६८, शनिबार ११:५० मा प्रकाशित

काठमाडौ, १८ चैत । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानवीन आयोगसम्बन्धी विधेयक पारितका संसदमा पेश गर्न मुख्य तीन सहमत भएका छन् । आज बिहान मुख्य दलहरू एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस, र नेकपा एमालेका शीर्ष नेताहरूबीच भएको बैठकमा भाषासम्बन्धी विवाद र आयोगका क्षेत्रात्रिकारसम्बन्धी विवादमा सहमति जुटेपछि पारितका लागि संसदमा पेश गरिने भएको छ । पश्चाताप, क्षमादान, परिपूरण र कारावाहीलाई आधारमा मान्ने तीन दलबीच सहमति भएको छ । यसैगरी कानुनको अन्तिम मस्यौदा तयार गरी संसदमा पेश गर्ने जिम्मा कानुन तथा न्याय मन्त्रालयलाई दिइने निर्णय भएको छ । दलहरूबीच लामो समयदेखि सहमति जुट्न नसक्दा विस्तृत शान्ति सम्झौतामा उल्लेख भएपछि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानवीन आयोग गठन गर्न ढिलाई भएको हो । मुख्य दलहरुको हिजो बसेको बैठकले तीन सदस्यीय कार्यदल गठन गरी भाषालगायतका विवादित विषयमासुझाव दिने जिम्मा दिएको थियो । गम्भीर प्रकृति मुद्दामा आयोगले नै छिनोफानो गरी र कारबाहीकालागि सिफारिश गर्ने अधिकार आयोगमै रहने प्रावधान राख्न तीन दलबीच हिजै सहमति बनिसकेको छ । सशस्त्र द्वन्द्वमा भएका मानवअधिकार उल्लङ्घन घटनाहरूमा माफी दिने नदिने विषयमालाई लिएर दलहरूबीच विवाद हुँदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको