प्रेमिकाको हत्यारा ओस्कारमाथि जन्मकैदको सजाय सुनाइन सक्ने

८ फाल्गुन २०६९, मंगलवार १९:४३ मा प्रकाशित

एजेन्सी/ दक्षिण अफ्रीकाका ओलम्पियन तथा प्यारालम्पिक स्टार ओस्कार पिस्टोरियसले आफ्नी गर्लफ्रेन्ड रीवा स्टीनक्याम्फलाई जानाजान गोली हानेर हत्या गरेको अभियोजन पक्षले दाबी गरेको छ । बाथरुममा रहेको अवस्थामा रीवामाथि पिस्टोरियसले चार राउण्ड गोली प्रहार गरेकोमा तीनवटा गोली रीवाको शरिरमा लागेको बताइएको छ ।
अभियोजन पक्षको यस्तो तर्क सुनेपछि गत १४ फेब्रुअरीका दिन प्रेमिकालाई गोली हान्ने ओस्कार अदालभित्रै रोएका थिए । उनले आफूले प्रेमिकाको हत्या नगरेको बरु घरमा चोर घुसेको आशंकामा गोली हान्दा प्रेमिका परेको जनाउँदै आएका छन् । अभियोजन पक्षका गेरी नेललेचाहिँ जानाजान गोली हानेर मारिसकेपछि ओस्कारले रीवालाई सिँढीबाट उतारेर तल ल्याएको तर्क गरेका छन् । पिस्टेरियसले प्रेमिकाको हत्या गर्ने बेला आफ्ना दुबै कृत्रिम खुट्टा पहिरिएर बाथरुमतिर गएको दाबी समेत गरेका छन् ।
प्रहरीले उनलाई नियतवश हत्या गरेको दाबीका साथ मुद्दा चलाउने भएको छ । ब्लेड रनरको नामले विख्यात २५ वर्षिय पिस्टेरियस यस अपराधमा दोषी पाइएमा जन्म कैदको फैसला हुन सक्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । संयुक्त राज्य अमेरिकाको विशेष चासोका बीच चिनियाँ विदेशमन्त्री वाङ यीले साना तर रणनीतिक रूपमा महत्त्वपूर्ण टापु राष्ट्रहरूसँगको सम्बन्धलाई

काठमाडौं । विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सविरुद्ध फ्रान्समा खोप अभियान चलाइने भएको छ । फ्रान्सको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले मङ्गलबार मङ्कीपक्सविरुद्ध

वासिङ्टन । अमेरिकी नामुद राजनेता हेनरी किसिन्जरले पश्चिमा जगतलाई युक्रेनमा रुसी फौजलाई तहसनहस हुने गरी परास्त गर्ने प्रयास रोक्न आह्वान

बुडापेस्ट । रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा संकटकाल घोषणा गरिएको छ । नव निर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले