
काठमाडौं, ८ फागुन । आफूलाई प्रधानमन्त्री बनाउने भन्दै दलहरुद्वारा तयार गरिएको कार्ययोजनाप्रति प्रधानन्यायाधीशले असन्तुष्टि व्यक्त गरेको समाचार आइरहेकै परिवेशबीच चार दलका नेताहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीसँग भेट गर्ने भएका छन् ।
यसरी प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व गरिदिन आग्रह गर्न जान लागेका दलहरुले अहिलेसम्म सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता आयोग, नागरिकता, मतदाता नामावली लगायतका विवादित मुद्दाहरुमा सहमति भने जुटाउन सकेका छैनन् ।
मंगलबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा भएको छलफलका आधारमा प्रधानन्यायाधीशसँग भेटघाट गर्ने तयारी गरिए पनि मंगलबार यस कार्यले मूतृरुप पाउने सम्भावना भने देखिएको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ ।श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजीको सजाय घटाउने गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले गरेको फैसला
काठमाडौं । सर्वोच्च अदालतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निणर्यहरु बदर गरिदिएको छ ।
काठमाडौं । स्थानीय निर्वाचनमा सोचेअनुरुपको जीत हासिल गर्न नसकेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सन्निपातको विरामीझै बरबराउन थालेका छन्
काठमाडौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन्