पछाडिबाट मुख छोपी शिक्षकद्वारा बलात्कार

८ फाल्गुन २०६९, मंगलवार १८:५७ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, ८ फागुन । रुपन्देहीकी एक युवती स्थानीय शिक्षकद्धारा बलत्कारमा परेकी छिन् । हर्नैया गाविस ६ की १८ वर्षिया भुजू थरकी युवती बलत्कारमा परेकी हुन् । गाविस ७ का स्थायी वासिन्दा तथा स्थानीय सरस्वती प्राविका निमित्त प्रधानाध्यापक जितु भन्ने २२ वर्षिय भीमनारायण थारुले उनलाई बलत्कार गरेका हुन् । गाईभैसीलाई पराल लिन खेतमा गएका बेला थारुले उनलाई बलात्कार गरेका थिए । घरदेखि खेत करिब ३ सय मिटर टाढा छ । पराल थुत्दै गर्दा एक्कासी पछाडिबाट आएर भुईंमा लडाएर मुख छोपी बलात्कार गरेको युवतीले बताइन् । बलत्कारपश्चात रगताम्य भएर युवती करिब पाँच बजे रुँदै घर गएकी थिइन् ।
घरपरिवारले गाउँमा गुहार मागे पनि धेरैले घटनालाई गाउँमै मिलाउन र बाहिर नल्याउन सुझाव दिएका थिए । सुझाव लत्याएर उनलाई बाबु र केही आफन्तले पीडितलाई न्यायका लागि उसैदिन राति बेथरी प्रहरी चौकी पु¥याएका थिए । बेथरी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लगेको थियो । पीडितको प्रारम्भिक अनुसन्धानबाट बलत्कारको पुष्टि भएपछि प्रहरीले सो दिन राति नै भीम अस्पतालमा मेडिकल जाच गराएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक पोषराज पोखरेलले बताए । उसैदिन प्रहरीले युवतीको मौखीक जाहेरी पनि लिएको थियो । बलात्कारमा परेकी युवतीलाई प्रहरीले उद्धार गरी माइती नेपालको आवास गृहमा राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

काठमाडौं । सभामुख र सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाईंदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी