महोत्तरीको ट्राफिक प्रहरी कार्यालय शक्तिशाली बम विष्फोट

१८ चैत्र २०६८, शनिबार ११:४८ मा प्रकाशित

महोत्तरी, १८ चैत । महोत्तरीको जलेश्वरस्थित ट्राफिक प्रहरी कार्यालयमा आज बिहान अज्ञात् समूहले शक्तिशाली बंम विष्फोट गराएको छ । बम विष्फोटबाट ट्राफिक प्रहरी कार्यालयको भवन क्षतिग्रस्त बनेको छ भने भ¥याङ र शौचालय घर पूर्णरूपमा भत्केको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सुरज केसीले बताउनुभयो । बिहान करिव साढे २ बजे ठूलो आवाजको साथ भएको सो विष्फोट पश्चात् जलेश्वरवासी त्रसित बनेको छ । बम शक्तिशाली भए पनि कुन बम विष्फोट भएको बारे स्पष्ट हुन सकेको छैन । प्रहरी सहायक निरीक्षकसहित ८ जना प्रहरीहरु बस्ने सो कार्यालयमा बंम विष्फोट कुनै मानविय क्षति नभए जनाइएको छ । बम विष्फाटनको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन । विष्फोट गराइएको ट्राफिक कार्यालयको दुई सय मिटर पूर्वमा प्रमुख जिल्ला अधिकारीको निवास, सिमा सशस्त्र प्रहरीको नगर सुरक्षा वेशक्याम्प रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।