संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि

८ फाल्गुन २०६९, मंगलवार १९:०७ मा प्रकाशित

रासस/ काठमाडौं, ८ फागुन । गत माघ महिनाको तुलनामा संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या ५३ प्रतिशतले वृद्धि भएको वैदेशिक रोजगार विभागले जनाएको छ । यस आर्थिक वर्षको माघमा ११ हजार ८५ जना थपिएर ५२।७४ प्रतिशतले वृद्धि भएको विभागको कथन छ ।
विभागका अनुसार गत वर्ष माघमा २१ हजार १८ जना विदेशिएका थिए भने सोही महिनामा ३२ हजार तीनजना रोजगारीका लागि विभिन्न देशमा गएका हुन्। यो आँकडा पुस महिनाको तुलनामा ६५.७५ प्रतिशतले कमी हो। सो अवधिमा ११८.४९ प्रतिशतले बढेको थियो। गत वर्षको पुसमा १६ हजार १७३ गएकामा यस वर्षको पुसमा ३५ हजार ३३७ जना वैदेशिक रोजगारीमा गएका थिए।
पछिल्लो सात महिनामा ६४.३७ ले वृद्धि भएर एक लाख २८ हजार ९२० बाट बढेर दुई लाख ११ हजार ९०७ पुगेको छ। यस समीक्षा अवधिमा सबैभन्दा बढी असोज महिनामा ३४ हजार ८२७ नेपाली रोजगारीका लागि विदेशिएका थिए। जुन गत आर्थिक वर्षको सोही महिनाको तुलनामा १६८.६४ प्रतिशतले बढी हो।
तर सो अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा भने ९२।८० प्रतिशतले कमी आएको छ। यस शीर्षकमा गत वर्ष पाँच हजार ५९८ जनाबाट घटेर एक हजार ६५८ मात्र गएका हुन्।
गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको माघ महिनासम्ममा भने सबैभन्दा बढी मलेसियामा ८८ हजार ९८० जना वैदेशिक रोजगारीमा गएका छन् भने सबैभन्दा कम इजरायलमा एक जनामात्र रोजगारीमा गएको विभागले जनाएको छ।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले गत असोजबाट ‘व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति लिनेसम्बन्धी प्रक्रिया निर्देशिका २०६९’ लागू गरेपछि संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको बताए ।
व्यक्तिगत श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा पठाउने प्रक्रियाले जिम्मेवारी र दायित्वलाई बोध गर्न नसकेका कारण उक्त निर्देशिकालाई लागू गरेको र त्यसले यस व्यवसायलाई थप मर्यादित बनाउन सहयोग गरेको उनको भनाइ थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो