बन्दकर्ताहरुले मुलुकभर मच्चाए उपद्रव

८ फाल्गुन २०६९, मंगलवार १७:५९ मा प्रकाशित

काठमाडौं, ८ फागुन । पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा कानुनी कारबाही अगाडि बढिरहेको विरोधमा नेकपा–माओवादीले गरेको नेपाल बन्दमा सवारी साधन चलाएको भनी बन्दकर्ताहरुले ढुङ्गामुढा गरी मुलुकका विभिन्न स्थानमा सवारी साधनमा तोडफोड गरेका छन् । उक्त कार्यमा संलग्न रहेका काठमाडौंका बिभित्र स्थानबाट ७, कन्चनपुरमा ११ तथा झापामा  १ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तोडफोडबाट काठमाडौं बनस्थलीमा बा.४ च ८१०१ नम्बरको गंगालाल अस्पतालको स्टाफ बोक्ने बसको पछाडीको शिसा फुटेको, जोरपाटीमा बा.१ ख १७७१ नम्बरको माइक्रोबसको दाहिने साईडको सिसा फुटेको, नयाँ बजारमा बा.१ ज १५३८ नम्बरको ट्याक्सीको सिसा फुटेको तथा ढुङ्गा लागेर चालक घाइते भएका र उक्त ट्याक्सीको ठक्करले पैदलयात्री ३० वर्षीय पुरुष घाइते भएकोले उपचारको लागि वीर अस्पताल पठाइएको छ ।
यसैगरी काठमाडौंको सिनामंगलस्थित पुर्वान्चल बिश्वबिद्यालयको सम्पर्क कार्यलयमा बन्दकर्ताहरु प्रबेश गरी ४ वटा झ्यालको शिसा तोडफोड गरेका छन् भने पुतलीसडकस्थित कृषि बिकाश बैकमा काउण्टरको ६ वटा शिशा तथा ३ वटा प्लाई तोडफोड गरेका छन् । तोडफोडबाट काठमाडौं बिजुलीबजारमा कान्तिपुर पब्लिकेशनको बा.८ च ८२१ नम्बरको मारुती भेनको साईडको सिसा फुटेको, बिजुलीबजारमै सगरमाथा टेलीभिजनको बा.५ च ८७२७ नम्बरको गाडीको दाहिने साईडको सिसा फुटेको, ललितपुर शंखमुलपुल नजिक बा.६ च ८६९४ नम्बरको कारको अगाडिको सिसा फुटेको तथा धनकुटा जिल्ला बेलहरा–७ स्थित कोशी राजमार्गमा को.१ ख २१९४, ना.३ ख ४४१७,  र ना.४ ख ५६९ नम्बरका ट्रकको सिसा फुटाई दिएका र चालकलाई सिसाले काटी सामान्य घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।
झापाको अनारमनी–२ स्थित भद्रपुर बिर्तामोड सडक खण्डमा मे.१ ज ७३० नम्बरको भेन र मे.१ ज १६९४ नम्बरको पिक अप गाडीलाई बन्दकर्ताहरुले सिशा फुटाएका छन् । यसैगरी सुनसरीको धरान नगरपालिका–९ स्थित सन्तोष गुप्ताको तरकारी पसलमा बन्दकर्ताले तोडफोड गर्दा अन्दाजी १० हजार रुपैयाँ बरावरको क्षति भएको छ ।
यसैगरी कन्चनपुरमा भिमदत्त नगरपालिका–४ स्थित कृषि सामाग्री केन्द्रको कार्यालयमा ७ वटा प्लास्टिकको कुर्सी र सोही ठाउँस्थित मालपोत कार्यालयको २ वटा टेवल र चमनचोकस्थित म.१ प ७४५९ नम्बरको मोटरसाइकलको हेल्मेट तोडफोड गरेका छन् । साथै तनहुँको दुलेगौडा–३ गाछेपानीमा कास्की जिल्ला पोखरा–१५ बस्ने मिनवहादुर घलेले चलाएको ग.६ प ९१०६ नम्बरको मोटरसाइकललाई बन्दकर्ताले रोकी आगो लगाउँदा पूर्णरुपमा जलेर नष्ट भएको छ । यसैगरी कास्की जिल्ला पोखरा उपमहानगरपालिका–६ लेकसाईडस्थित ग.१ य ४१२ नम्बरको पर्यटक बसलाई बन्दकर्ताहरुले तोडफोड गरी शिशा फुटाइदिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने