बन्दकर्ताहरु अराजक रुपमा प्रस्तुत

८ फाल्गुन २०६९, मंगलवार १५:०० मा प्रकाशित

काठमाडौं, ८ फागुन । बन्दमा सहभागी माओवादी कार्यकर्ताहरुले राजधानी लगायत मुलुकका कैयन स्थानमा अराजक व्यवहार प्रदर्शन गरेका समाचार प्राप्त भएका छन् ।  नेकपा–माओवादीले बन्दको समयमा प्रेसका गाडी, दूध बोक्ने गाडी एम्बुलेन्समाथि तोडफोड नहुने भनेर सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरे पनि कार्यकर्ताहरुले पार्टीको घोषणाविपरीत प्रेसलगायतका गाडीमाथि तोडफोड गरेका छन् ।  मंगलबार बिहान सवेरै प्रेसका दुई वटा गाडी उनीहरुले तोडफोड गरेका छन् ।
बन्द आह्वानकर्ताले सञ्चारकर्मी सवार कान्तिपुर टेलिभिजनको गाडी नयाँ बानेश्वरमा र सगरमाथा टेलिभिजनको गाडी मध्यबानेश्वरमा बिहान साढे पाँच बजे नै तोडफोड गरेका थिए । उनीकरुले बिहानै राजधानीको सोह्रखुट्टेनजिक पर्यटक बोक्ने एउटा ट्याक्सी, वनस्थली ढुङ्गेधारा र जोरपाटीमा एक एक वटा माइक्रोबस पनि तोडफोड गरेका थिए ।
यसैगरी नेपाल बन्दका क्रममा चलाएको भन्दै बन्दकर्ताले पोखरामा एक पर्यटक सवारीमाथि तोडफोड गरेका छन्। उनीहरुले चालकलाई समेत कुटेका छन्। विदेशी पर्यटकलाई विमानस्थल पुर्‍याएर होटल फर्कने क्रममा बन्दकर्ताले सवारी तोडफोड गरेको बताइएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्यामकृष्ण अधिकारीका अनुसार पर्यटकलाई विमानस्थल पुर्‍याएर फर्कंदै गरेको ग १ य ४०२ नम्बरको जिप बन्दकर्ताले तोडफोड गरेका छन्। बन्दकर्ताको कुटपिटबाट जिपका चालक नवीन मगरसमेत घाइते भएका छन्। गुडिरहेको गाडीलाई एक्कासी ढुंगा हानेर रोक्न लगाएर आफुलाई समेत बाहिर निकालेर कुटपिट गरेको उनले बताए। बन्दकर्ताहरु मुखमा मास्क लगाएर आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो