कांग्रेस नेतृद्वारा भट्टराई सरकारकै निरन्तरताको माग

७ फाल्गुन २०६९, सोमबार २३:०७ मा प्रकाशित

रासस/ विराटनगर, ७ फागुन । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउनु भनेको दलहरू असफल हुनु हो भन्ने धारणा जनतामा जाने बताएकी छिन् । उनीले यसले मुलुकमा झन् राजनीतिक अस्थिरता थपिने र प्रजातन्त्र समाप्त हुने धारणा राखिन् । 
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटमा नेपाली काँग्रेस नेत्रीसमेत रहेकी कोइरालाले नब्बे प्रतिशत केन्द्रीय सदस्यको असहमति हुँदाहुँदै पनि पार्टीका केही शीर्ष नेताले प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउन खोजेकाले त्यो आफूहरूलाई कुनै पनि हालतमा मान्य नहुने बताइन् ।
उनले बाह्य शक्तिको दबाबमा मुख्य दलका केही नेताले प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउन खोजेको आरोप लगाइन् । कोइरालाले एकलौटी निर्णय गरेर पार्टी अघि बढ्न नसक्ने भएकाले यस विषयमा महासमितिको बैठक बोलाएर टुङ्गो लगाउनुपर्ने धारणा राखिन् ।
उनले एउटै व्यक्तिलाई कार्यपालिका तथा न्यायपालिकाको अधिकार दिनु भनेको मुलुकमा निरङ्कुशता लाद्नु हो भन्दै मुलुकलाई निकास दिने एकमात्र विकल्प यही सरकारलाई निरन्तरता दिएर यही सरकारमा दलहरू सहभागी भई निर्वाचनमा जानुपर्ने बताइन् ।
कोइरालाले दलहरूको समस्या दलहरूलै नै समाधान गर्नुपर्ने बताउँदै प्रजातान्त्रको विरुद्धमा शीर्ष नेताहरूले जथाभावी निर्णय लिएर अघि बढे उनीहरूलाई जनताले नछाड्ने चेतावनी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक