मधेसी मोर्चाले राजधानीमा प्रर्दशन र सभा गर्दै

१८ चैत्र २०६८, शनिबार ०९:४६ मा प्रकाशित

काठमाडौ, १८ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज राजधानीमा प्रदर्शन तथा आमसभा गर्दै छ । शान्तिप्रक्रिया तोकिएकै समयमा पूरा गरेर सङ्घीयतासहितको नयाँ संविधान जारी गर्न दबाब दिने उद्देश्यले प्रदर्शन तथा आमसभा गर्न लागेको मोर्चाले जनाएको छ । सङ्घीयताविनाको संविधान ल्याउने खतरा रहेकोले खबरदारी गर्न पनि आमसभा गर्न लागेको तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिनुभयो । मधेसका सवालमा अनेक टीका टिप्पणी भइरहेकोले आम नागरिकलाई जानकारी दिन पनि आमसभा गरिएको त्रिपाठीले बताउनुभयो । राजधानीको खुल्लामञ्चमा दिउँसो १ बजे हुने आमसभामा मधेसी मोर्चामा सहभागी पाँचै दलका अध्यक्ष र अन्य तीन जनजाति नेताले समेत सम्बोधन गर्ने सद्भावना पार्टीका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले जानकारी दिनुभयो । आमसभाका लागि सबै तयारी पूरा भइसकेको मोर्चाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा