गोली चलाएको दुई घन्टाभित्र अपराधी प्रहरी नियन्त्रणमा

७ फाल्गुन २०६९, सोमबार २२:०१ मा प्रकाशित

मुक्तिनाथ भुसाल/ अर्घाखाँची, ७ फागुन । अर्घाखाँचीको नरपानी गाविसस्थित घुम्टी दहखोलामा सोमवार साँझ ५ बजे गोली चलेको छ । सदरमुकाम सन्धिर्खकबाट वुटवलतर्फ जाँदै गरेका खन गाविस लुतिपेखरी घर भई हाल सदरमुकाममा सुनचाँदी पसल गर्दे आएका तारा सुनुवार गोली प्रहारबाट गम्भीर घाइते भएका छन् । उनको छातिमा गोली लागेको कारण जिल्ला अस्पताल सन्धिर्खकमा उपचार हुन नसक्दा बुटवल अन्चल अस्पताल पठाइएको छ । यसैक्रममा मोटरसाईकल चालक सन्धिर्खक–५ तुम्कोट घर भई हाल सन्धिखर्कस्थित सरिता अडियो भिडीयो सेन्टरका मालीक रुद्र पराजुली सामान्य घाइते भएका छन् । उनको जिल्ला अस्पताल सन्धिर्खकमा उपचार भइरहेको छ ।
यसरी दिनडाडै गोली हानी कानुन हातमा लिने अर्घाखाँचीको पाली घर भएका लक्ष्मण सुनुवारलाई स्थानिय पाली प्रहरी चौकीले पक्राउ गरेको छ । गोली प्रहार गरेको ठाँउमा फेला परेको व्याग र ड्राइभिङ लाइसेन्सको आधारमा गोली चलाउने लक्ष्मणलाई पक्रने सफलता मिलेको प्रहरीले जनाएको छ । यसरी आफ्नो कामले बुटवल जाँदै गरेका व्यापारीलाई एक्कासी गोली हान्नुको उद्देश्य धनमाल लुट्ने रहेको हुनसक्ने अनुमान भए पनि घटना घटेको २ घन्टाभित्रै अपराधीलाई आफनो कव्जामा लिन सफल प्रहरी नायव उपरिक्षक हिरावहादुर पान्डे र उनको अर्घाखाँची टिमलाई जिल्लावासीले धन्यवाद दिएका छन् ।
दशैको मुखमा जिल्लामा आएका पान्डे चाडपर्वमा पनि शान्ति कायम गर्न सफल बनेका थिए भने अन्तराष्ट्रिय रेसलिङ, केन्द्रिय कलाकारको सदरमुकाममा भएको वेजोड प्रस्तुतिदेखि राष्ट्रपतिको अर्घाखाँची आगमनलाई समेत सुरक्षाका दृष्टिले सफलतापूर्वक कमाण्ड गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

टेक्सास । अमेरिकाकाे टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४२ जना आप्रवासी मृत फेला परेका छन् । फेला

कोलम्बो । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल