संगीतकार रामकृष्ण त्रिपाठीलाई बेलायतमा महत्वपूर्ण एवार्ड हासिल

७ फाल्गुन २०६९, सोमबार २१:०९ मा प्रकाशित

काठमाडौं, ७ फागुन । धादिङ मलेखुमा जन्मिएर बाल्यकालदेखि नै संगीत सिर्जनामा लागिपरेका र संगीत क्षेत्रमा केही गर्ने उद्देश्यका साथ विगत ६ वर्षदेखि लण्डन बस्दै आएका रामकृष्ण त्रिपाठी सामवेदले ब्रिटिश टिभी प्रोडक्शनका क्षेत्रमा प्रदान गरिने सर्वोत्कृष्ट अवार्ड ‘फ्रिलान्सर अफ दि इयर ०१२’ हासिल गरेका छन् । बेलायतमा कार्यरत तीनसय बढि टेलिभिजन तथा फिल्मकर्मीहरुको प्रतिष्पर्धामा उनले अन्तिम नोमिनेशनमा परेका अन्य पांच जनालाई उछिन्दै सो अवार्ड प्राप्त गरेको एजेन्सीहरुले जनाएका छन् । विशेषगरि फिल्म, टेलिभिजन, रेडियो, नाटक र कमर्सियल विज्ञापन क्षेत्रमा कार्यरत फ्रिलान्सरहरुमध्ये उत्कृष्ट काम गर्नेलाई सो अवार्ड दिइन्छ । टप गियर, एन इडियट अवोर्ड, द एप्रेनटाइस, द वन्ली वे इज इसेक्स् जस्ता विग प्रोजेक्टमा काम गरिसकेका युवा संगीतकार
त्रिपाठीले बीबीसी, डिस्कभरी, नेशनल जियोग्राफी, आइटिभी, च्यानल फोरजस्ता माध्यमहरुमा समेत काम गरिसकेका छन् । बेडफोर्डसायर युनिभर्सिटीबाट टेलिभिजन प्रोडक्शनमा तीन वर्षे बीए अनर्स गरेका उनी हाल बेलायतको नेशनल फिल्म एण्ड टेलिभिजन स्कुलमा डिजिटल पोष्ट प्रोडक्शनमा छात्रवृत्तिमा एमए अध्ययनरत छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी