आज चैते दसैँ र रामनवमी पर्व मनाइँदै

१८ चैत्र २०६८, शनिबार ०९:४५ मा प्रकाशित

काठमाडौ, १८ चैत । आज चैत्राष्टमी अर्थात् चैते दसैँ पर्व, दुगौ भवानीको पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा राजधानी र अन्यत्रका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा शक्तिस्वरुपा भगवतीको दर्शनार्थ बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ । आज भगवतीका मन्दिरहरूमा पूजापाठको साथ पशुबली पनि चढाइन्छ । वर्षको दुई पटक चैत्र र आश्विनमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको कुरा शास्त्रमा वर्णन गरिएको पाइन्छ । शक्तिस्वरूपा भगवतीको आराधना गर्नाले जस्तोसुकै सङकटबाट पनि पार पाउन सकिन्छ भन्ने कुरा सप्तशती, चण्डी, देवी भागवत, कालिकापुरा आदिमा उल्लेख गरिएको छ ।
त्यसैगरी तिथिको घटबढले गर्दा रामनवमी पनि आजै परेको छ । राम नवमीको अवसरमा आज देशभर भगवान रामको पूजाअर्चना गरिँदै छ । आज जनकपुरधामा विशेष मेला लाग्ने गर्दछ । राम जानकीको दर्शन गर्न श्रद्धालु भक्तजनहरूको बिहानैदेखि भीड लागिसकेको छ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । उपत्यकाका श्रद्धालु भक्तहरू भने काठमाडाँैको बत्तीसपुतलीस्थित राममन्दिर तथा पशुपतिनाथ मन्दिर पूर्व–दक्षिणमा रहेको राममन्दिरमा सबेरैदेखि पूजा तथा दर्शनका लागि जाने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।

झापा । पूर्वी नाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो