भोर्लेटारमा शक्तिशाली बम भेटियो, भोली मात्र डिस्पोज गरिने

७ फाल्गुन २०६९, सोमबार २०:४४ मा प्रकाशित

छविलाल बगाले/ लमजुङ, ७ फागुन । पश्चिम लमजुङको भोर्लेटारमा सोमबार दिउँसो शक्तिशाली बम फेला परेको छ । भोर्लेटार गाउँ विकास समितिको वडा नं. ६ अर्चले भन्ने स्थानमा आईइडी नामक गिलास आकारको बम फेला परेको भोर्लेटार इलाका प्रहरी चौकीले जानकारी दिएको छ ।
माओवादी सशस्त्र युद्धको समय ०५८ सालमा सो क्षेत्रमा तत्कालिन शाही नेपाली सेनाको ब्यारेक बसेको थियो । सो ब्यारेक बस्दा गाडिएको बम फेला परेको स्थानियले बताएका छन् । इलेक्ट्रोनिक जेनेटोनिक ल्याण्डमाइन बम भएकाले अहिले सो स्थानमा प्रहरीले खतरा क्षेत्र घोषणा गरि सुरक्षा दिएको छ ।
भोर्लेटारबाट दमौली जाने बाटोसँगै झण्डै ९ मिटर पर स्थानीय बेदप्रसाद पौडेलको बारीमा चैते धान लगाउनका लागि खन्ने क्रममा प्रेम विकले बम देखेका थिए । खेतको कान्लामा रहेको बम झण्डै ४ ईन्च जति लामो रहेको अनुमान गरिएको छ । नेपाली सेनाको लमजुङस्थित पशुपति प्रसाद गणका गणपति डिकबहादुर थापाले खेतमा आईईडी नामक विष्फोटक पदार्थ भेटिएको पुष्टि गर्नुभएको छ ।
भोर्लेटारको सोही क्षेत्रमा यो समेत गरि ३ पटक बम देखिएपछि स्थानीयवासिन्दा आतंकित बनेका छन् । सोही स्थानमा गत बर्षको जेठ १० गते २ वटा र फागुन १७ गते एउटा बम फेला परेको थियो । २ बर्षअघि नेपाली सेनाले ब्यारेक छाड्दा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको रोहरबमा सवै बम हटाएर सेनाको क्याम्प सारिएको भनिएपनि अहिले सोही स्थानमा बम फेला परेपछि स्थानीयवासिन्दा आतंकित बनेका स्थानीय गोपाल लामिछानेले वताउनुभयो ।
अहिले बम अर्थात विष्फोटक पदार्थ भेटिएको ठाउँमा प्रहरी तैनाथ गरिएको छ । भोलिमात्रै नेपाली सेनाको बम डिष्पोजल टोली तनहुँको दमौलीबाट आउने भएकाले त्यस स्थानमा नजान सर्वसाधारणलाई स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही