बिजुक्छेको पार्टी पनि प्रस्तावको विपक्षमा

७ फाल्गुन २०६९, सोमबार १५:४९ मा प्रकाशित

भक्तपुर, ७ फागुन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने चार दलबीचको सहमति गलत भएको बताएका छन् । आफ्नो पार्टी सो निर्णको विरोधमा रहेको स्पट पार्दै उनले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु देशको अन्तरिम संविधान र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएकोले निरंकुशता जन्मने खतरा पैदा भएको बताए ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघद्वारा भक्तपुरमा आयोजित कार्यक्रममा सचिव प्रजापतिले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव भारतीय विस्तारवादको योजना र स्वार्थ अनुकूल आएको दाबी गर्दै देशको सार्वभौमसत्ता कमजोर बनाउँदै भुटानीकरण र सिक्किमीकरण गर्न खोेजिएकोमा सचेत हुनुपर्ने चेतावनी दिए । भारत, युरोपियन युनियन, अमेरिकालगायतले एमाले र कांग्रेसलाई प्रधानन्यायाधीशमा सहमति गर्न दबाब दिइरहेको समाचार आएको चर्चा गर्दै उनले प्रश्न गरे, ‘हाम्रो देशको निर्वाचन कसले र कसको स्वार्थका लागि गरिंदैछ ?’
नारायणमान बिजुक्छेका विश्वासपात्रका रुपमा समेत चिनिने प्रजापतिले निर्वाचन आयोग आयुक्तविहीन रहेको, नागरिकता र १८ वर्ष नपुगेकाले मतदान गर्न नपाइने विषयमा विवाद कायमै रहेको र निर्वाचन क्षेत्र निर्धारणमा अझै पनि समस्या आउन सक्ने हुँदा आगामी जेठमा चुनाव हुनेमा शंका रहेको उल्लेख गरे ।  ‘यस्तो बेला एमाओवादीले पुनः सत्तामा जाने दाऊ खोज्न सक्छ र फेरि पनि विदेशीको दलाल बनेर देश र जनताको हितविपरीत काम गर्ने षड्यन्त्र गरेको हुन सक्छ’– उनले आशंका जनाए । कार्यक्रममा पार्टीका भक्तपुर जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले १२ बुँदे सम्झौतापछि नेपालको हरेक क्षेत्रमा भारतीय हस्तक्षेप बढिरहेको चर्चा गर्दै शासक दलहरुले विदेशी शक्तिको दलाली गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताए । कानुन अध्ययन समाज, नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिले बहालवाला प्रधानन्यायधीश प्रधानमन्त्री भएमा नेपालमा स्वतन्त्र न्यायप्रणालीकै अवसान हुने उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले हिजो प्रतिगमनकारी कदमको विरुद्धमा रहेका शक्तिहरुको बीचको एकता नै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ