आज प्रजातन्त्र दिवस !

७ फाल्गुन २०६९, सोमबार ०९:४४ मा प्रकाशित

काठमाडौं, ७ फागुन । आज फागुन ७ गते प्रजातन्त्र दिवस । पछिल्लो चरणमा लोकतन्त्र शब्द बढ्ता प्रयोग ग।िरन थालिए पनि जनताको, जनताद्वारा र जनताका लागि गरिने शासन भन्ने अर्थमा बुझिने प्रजातन्त्रमा जनताका प्रतिनिधिले बनाएको संविधान र कानुनअनुसार जनताका प्रतिनिधिहरुले शासन गरिनु नै यसको मूल मर्म हुन्छ । तर, यो मर्मविपरित मुलुकमा शासन सत्ता सञ्चालन भइरहेको अवस्थाले आम प्रजातन्त्रवादी नेपालीलाई मर्माहत तुल्याएको अवस्था छ ।
प्रजातन्त्र दिवसका दिन संविधानका संरक्षक र पालकर्ताको रोहवरमा व्यवस्थापिका संसद नरहेको अवस्थामा जनताका प्रतिनिधिका रुपमा रहेका राजनीतिक दलका नेताहरु त्यसको मर्म विपरित लोकतन्त्रलाई स्वेच्छाचारी प्रशासनिक प्रणालीमा वदल्ने छलफलमा व्यस्त रहेको आशंका र अविश्वास आमजनताका मनमा पैदा भएको छ । प्रजातन्त्र दिवसले हामी सवैलाई लोकतन्त्रका आधारभूत मुल्य, शक्ति पृथकीकरण, संविधानवाद र राजनीतिक दलहरुको भूमिकासहितको लोकतान्त्रिक शासन प्रणाली कायम राख्ने कुरामा प्रेरणा प्रदान गर्नुपर्ने हो, तर यसविपरित संशय र अन्यो जगाएको अवस्था छ ।
यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशमा मुलुकमा दिगो शान्ति स्थापनाका लागि सहकार्य र समझदारी गर्दै अघि बढ्नुपर्ने बताएका छन् । ६३औं प्रजातन्त्र दिवसका अवसरमा एक शुभकामना विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको भावनालाई समेटेर नयाँ नेपालको निर्माण गरी मुलुकमा शान्ति र सद्भाव कायम गर्न सबैको सहयोग अपरिहार्य भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट