ब्ल्याकमेलिङ गर्ने प्रेमिकाको प्रेमीद्वारा हत्या

७ फाल्गुन २०६९, सोमबार ०९:१८ मा प्रकाशित

काठमाडौं, ७ फागुन । लमजुङ धमिलीकुवा–८ घर भई राजधानीको टेकुस्थित वेसमेन्ट रेष्टुरेन्टमा काम गर्ने ३२ बर्षीया ईश्वरी बरालको उनकै प्रेमीले हत्या गरेका छन् । शनिबार राती काम सकेर वाफल बिजयमार्गस्थित डेरामा फर्किरहेको बेला बाटो ढुकेर बसेका व्यक्तिहरुले उनको हत्या गरेका प्रहरी अनुसन्धानले देखाएको छ । विजयमार्गस्थित सडकमा छातीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा इश्वरीको शव भेएिको प्रहरीले जनाएको छ । 
सो घटनाका सम्बन्धमा सोधपुछका लागि कलंकी बस्ने ४६ बर्षीय सुरेन्द्र खड्कासहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी अनुसन्धानबाट हत्यामा सिन्धुपाल्चोक स्याउलेका रुम्बा आलेको प्रमुख संलग्नता रहेको देखिएको प्रहरी स्रोतको भनाई छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार डान्सबारमा काम गर्ने खड्का र सामाखुसीको कसमस म्यानपावरमा चालकको काम गर्ने आलेबीच दुई वर्षदेखि प्रेमसम्बन्ध थियो । सम्बन्ध प्रेमको भनिए पनि इश्वरी एक पेशेवर महिला भएको र पैसाका लागि आफूलाई ब्ल्याकमेलिंग गर्ने गरेकोले केही समययता सम्बन्धमा दरार परेको अवस्था रहेको आलेले प्रहरीसमक्ष दिएको बयानमा बताएको छन् । विवाहित आलेलाई सो सम्बन्धका बारेमा आफ्नी पत्नीले थाहा पाउने डर रहेको र त्यही कमजोरी समातेर इश्वरीले आलेलाई ब्ल्याकमेलिंग गर्ने गरेकोले हत्यासम्मको घटना घटेको प्रारम्भिक निचोडमा प्रहरी पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको