‘चारै दलका नेता विदेशीका गोटी’ : माओवादी प्रवक्ता भुषाल

७ फाल्गुन २०६९, सोमबार ०८:३५ मा प्रकाशित

काठमाडौं, ७ फागुन । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावको तिब्र विरोध गर्दै आएको नेकपा-माओवादीले प्रमुख चार दलका शीर्ष नेतृत्वहरु विदेशीको गोटी बनेको आरोप लगाएको छ । सो पार्टीका प्रवक्ता पम्फा भुषालले न्यायाधीशलाई प्रधानमन्त्री बनाउने डिजाइन एक महिनाअघि नै नयाँदिल्लीबाट नेपाल प्रवेश गरेको दाबी गरिन् । आफ्नो पार्टीलाई सोबारे त्यतिबेलै सूचना मिलेको उल्लेख गर्दै प्रवक्ता भुषालले को मार्फत् उक्त विदेशी प्रस्ताव नेपालभूमिमा सार्वजनिक हुन्छ भन्ने प्रतीक्षामा आफूहरु रहेका बेला एमाओवादीका प्रचण्डले पार्टी अधिवेशनको अवसर पारेर आफ्नो नयाँ सूत्रका रुपमा बाहिर ल्याएको खुलासा गरिन् ।
दलहरुद्वारा जेठमा गरिने भनिएको निर्वाचन कुनै हालतमा हुन नसक्ने दाबी गर्दै उनले संविधानसभाको चुनावबाट समस्याको समाधान निस्कन नसक्ने भएकोले नेकपा-माओवादीले चुनावमा भाग नलिने पनि स्पष्ट पारिन् । प्रधानन्यायाधीशको नेतृत्वमा बन्ने सरकारले राजनीतिक दललाई असफल बनाउने तथा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने भन्दै आफ्नो पार्टीले आन्दोलन थालेको नेतृ भुषालको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने