विश्व युवा सम्मेलनमा नेपालबाट आठ युवा सहभागी

१८ चैत्र २०६८, शनिबार ०७:३५ मा प्रकाशित

काठमाडौ, १७ चैत । युथ टाईम ईन्टरनेशनल मुभमेन्टको आयोजनामा आजदेखि भारतको राजधानी नयाँ दिल्लीमा विश्व युवा सम्मेलन युथ ईण्डिया फोरम २०१२ सुरु भएको छ । सम्मेलनमा नेपालबाट विभिन्न क्षेत्रमा क्रियाशील आठजना तथा पत्रकारले सहभागिता जनाएका छन् । नेपालबाट मिसन नयाँ नेपालका राष्ट्रिय संयोजक कबिन्द्र बुर्लाकोटी सहित, युवा सहभागिताका क्षेत्रमा काम गर्ने पर्वतका गोबिन्द पहाडी,काठमाण्डूका सुदिस निरौला,गोर्खाका हरि देवकोटा,काठमाण्डूका पवन रोय,निर्मल उप्रेती,एलिना नकर्मी,मन्जु गौतम र तनहुँस्थित दमौली एफएमका पत्रकार पवन पौडेलले सहभागिता छन् । विश्वभरबाट प्राप्त २ सयभन्दा बढी आवेदनबाट आयोजकले सहभागि छनौट गरेको आयोजकले जनाएको छ । विश्वभरका ३२ भन्दा बढी राष्ट्रका करिब ८० जना युवाहरुको सहभागिता रहेको सम्मेलनले युवाहरुका समस्या र त्यसको समाधानका बिषयमा छलफल गरेर विश्व युवा घोषणा पत्र जारी गर्ने कार्यक्रम छ । ३ दिनसम्म चल्ने सम्मेलनमा युवाहरुको समाजमा सक्रिय सहभागिता,युवाहरुको भविष्यका सपना,वातावरण संरक्षणमा युवाहरुको भुमिका लगायतका बिषयमा सहभागिको अनुभवका आधारमा छलफल गर्दै निचोड निकालिने आयोजक युथ टाईमले जनाएको छ । विश्वभर हरेक बर्ष यस्तो सम्मेलनको आयोजना गर्दै आएको युथ टाईम ईन्टरनेशनल मुभमेन्टले गतबर्ष ग्रिसको रोड्स शहरमा यस्तो सम्मेलन सम्पन्न गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी