अमेरिकाको बोष्टनमा सरस्वति पुजा सम्पन्न

७ फाल्गुन २०६९, सोमबार ०४:२२ मा प्रकाशित

यम पौडेल, बोष्टन । नेपालमा सरस्वती पुजा को दिन आज अमेरिकाको बोष्टनमा पनि त्यतिकै रमाईलो सँग सरस्वति पुजा सम्पन्न भयो । अनेसास बोष्टनले समरभिल स्थित स्क्याट टेलिभिजनको सभाकक्षमा बिद्धाकी देवी सरस्वतिको ठुलो तस्विर राखी पुजा सामाग्री जुटाई सरस्वतिको पुजा अर्चना, सरस्वति बन्दना, महिमा, प्रार्थना, गित तथा कबिता बाचन गर्ने चाजोपाजो मिलाएको थियो ।

सोहि अवसरमा साहित्य समाजका पदाधिकाहरुले सरस्वति पुजा सम्बन्धमा आ-आफ्नो अनुभव साटदै रचना वाचन गरेका थिए । अनेसास बोष्टन च्याप्टरकी अध्यक्ष डा. ऊषा शर्मा व्दारा नेपालीहरु स्वदेश बिदेश जहा बसेपनि सरस्वति पुजालाई जिवन्त तुल्याई नेपाली साहित्यको श्री बृद्दिमा लाग्न पर्ने बताऊदै नेपालमा जस्तै बर्मामा तुराथादी भनि पुजा गरिने, चाईनामा तिपि ताका भनिने, थाईलैण्डमा सुरास्वावति भनिने ,जापानमा वेन्जाईकेनको पुजा हुने र भारतको ऊडिसा, ईष्ट बँगाल र बिहारमा सरस्वति पुजालाई प्रमुख चाडको रुपमा धुमधाम सँग मनाईने चलनबारे चर्चा गरियो ।

बिश्वप्रसिद्द हार्वडबिश्वबिद्दालयका प्रोफेशर डा. शिब गौतमले सरस्वति भनेको हामि सबै भित्र रहेको एक इन्टलिजेन्स भएको सम्बन्धमा बताऊदै यो सवै जनावर र पशुपँक्षिमा समेत लागु हुने कुरा प्रष्ट्याऊनु भयो । त्यसैगरि हार्डवर्ड बिश्वबिद्दालयमै पढाऊनुहुने डा. मिना सिँ खडकाले सरस्वती महिमासगै आफ्नो दु:ख सु:ख बताऊदै अमेरिका आएको आजै ठिक ३३ बर्ष भएको बताऊदै रमाईलो तरिकाले नेपाली बालबालिकालाई कखरा लेखपढ गर्न सिकाऊनुभयो । अभिभावकसगै नेपाली सिक्न गएका बालबालिकाहरु शुभेच्छा धौराली, अभिशिका धौराली, शुभाश्री धिताल, अनुभव थपलिया, स्वयम पोखरेल, मिशा गुरुङ आदिले रमाईलो मान्दै सरस्वतिको पुजा गर्दै प्रसाद खादै नेपाली सिक्न पुगे।

सरस्वति पुजामा बिशेष ऊपस्थिति हुनु भएका बोष्टनमा नवगठित पशुपतिनाथ बुद्ध फाऊण्डेशनका अध्यक्ष बिष्णुमणि आचार्यले सरस्वति पुजाकोबारे आफ्नो स्मरण सुनाऊदै निकट भविष्यमा बोष्टनमा बन्ने पशुपतिनाथ तथा बुद्ध स्तुपा सहितको नेपाली कम्युनिटी सेन्टरमा सरस्वति पुजा जस्ता सबै नेपाली सँस्कार सँस्कृति अटाऊने बारे सबैले सोच्नु पर्नेमा जोड दिदै अनेसास को कोषमा ४० डलर सहयोग प्रदान गरे ।

सरस्वति पुजामा सरिक कबि कवियत्रीहरु डा. ऊषा शर्मा, भारति गौतम, अनु शाह, बिजय शर्मा, हरि काफ्ले, बिष्णु हरि धौराली, अच्युत अधिकारी, डा. शिव गौतम, यम पौडेल, दिपा राई पुन, डा।मिना सिँ खडका, ले धित मर्ने गरि कबिता बाचन गरेँ । कसैले एऊटा, कसैले दुईटा त कसैले तिनवटा सम्म कबिता वाचन गरेका थिए । साहित्य समाज का पुर्व अध्यक्ष अच्युत अधिकारीको पहलमा स्क्याट टिभिको हलमा सरस्वति पुजा राखिएको थियो । समाजका कोषाध्यक्ष यम पौडेलले सँस्थाको कोषमा ७३० डलर मौज्दात रहेको जानकारी दिएका थिए भने अध्यक्ष डा. ऊषा शर्माले सरस्वति पुजाको लागि सहभागि हुने सबैलाई धन्यबाद दिए पछी कार्यक्रम सकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

आजको प्रमुख समाचार