एनआरएनए फ्रान्सको कानुनी परामर्श कार्यशाला सम्पन्न

७ फाल्गुन २०६९, सोमबार ०४:१९ मा प्रकाशित

निर्मला अर्याल, पेरिस ।  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको आयोजनामा फ्रान्सको नेपाली समुदायमा लोकप्रिय कानुन ब्याबसायी  गेली मौगिनसंग जानाकारी मूलक भव्य कार्यक्रम सम्पन्न गरेको छ ।

केहि महिना अघि फ्रान्सले फ्रान्समा इजाजत पत्र नभइ बसोबास गर्ने व्यक्तिहरुको लागि विभिन्न परिस्थिति र अवस्था हेरी त्यस्ता व्यक्तिहरुलाई बसोबास तथा काम गर्न पाउने अनुमति पत्र दिने कानून ल्याएको थियो । फ्रान्स मा ४-५ वर्ष देखि नेपाली समुदायको आगमन बढ्दै गएको अबस्थामा नेपाली दाजुभाइ दिदिबहिनीहरुको लागि यो एउटा सुनौलो अवसर प्रतीत भएको छ ।

सरकारले ल्याएको अध्यागमन सम्वन्धी नयाँ नीति, नियम र कानुन सम्वन्धित नेपाली दाजुभाइ दिदीबहिनीहरुले राम्ररी जानाकारी पाउन सकुन र सरकारको नयाँ नीतिको फाइदा धेरै नेपालीले लिन सकुन भन्ने पवित्र र सहयोगी भावनाले एनआरएनए फ्रान्सले यो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम साँ डानीको भव्य सभा कक्षामा संचालन भएको थियो ।

कार्यक्रममा सरकारले ल्याएको नीतिको विभिन्न बुँदा तथा स्थितिको पावरप्वइन्ट प्रिजेन्टेसन बनाइ श्रव्य दृष्यका साथै वकिलले व्याख्या र प्रस्तुति गर्नु भएको थियो । जिज्ञासु नेपालीहरुको सुबिधाको लागि आयोजकले आफ्नो वेब साइट र फेसबुकको माध्यमबाट नेपालीहरुको विभिन्न प्रस्नहरु र जिज्ञासाहरु अग्रिम सङ्कलन गरेर वकिललाई दिनुका साथै उपस्थित सबैले आ-आफ्नो प्रश्नहरु राख्नु भएको थियो । झन्डै तिन घन्टाको यो कार्यक्रमममा वकिलले सबैको प्रस्नको उत्तर दिनुका साथै व्याख्या विवेचना गर्नु भएको थियो ।

कार्यक्रमममा झन्डै १५० जना नेपालीहरुको उपस्थिति थियो । कार्यक्रमको सुरुमा संस्थाले फ्रेन्च भाषा संचालन गर्न गइरहेको कुरा अवगत गर्दै, भाषा पढाउने शिक्षिकालाई उपस्थित गराई वहाको परिचय पनि गरेको थियो ।

नेपाली, र वकिल बिच भाषागत दोभाषेको काम संस्थाका अध्यक्ष निर्मल अर्यालले गर्नु भएको थियो । कार्यक्रममा आयोजक संस्थाका अधिकांश पदाधिकारी र सदस्यहरुको उपस्थिति र सहयोग थियो । आयोजक संस्था एनआरएनए फ्रान्सले कार्यक्रममा उपस्थित हुन नसकेका नेपालीहरुको सहयोगहोस् भन्ने भावनाले कार्यक्रममा प्रस्तुत गरिएको पावरप्वइन्ट प्रिजेन्टेसन आयोजक संस्थाको वेवसाइटमा राख्ने प्रतिबद्ता गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी