सल्यानमा जीप दुर्घटना सातको ज्यान गयो, मृतक सबैको सनाखत

१८ चैत्र २०६८, शनिबार ०७:३३ मा प्रकाशित

सल्यान, १७ चैत । सल्यानको खैरावाङ मन्दिरमा जाँदै गरेको जीप दुर्घटना हुँदा  सातजनाको ज्यान गएको छ । ज्यान जानेमा गाडी चालक स्यानीखाल रेसमज्युलाका तोरण कवर,सल्यान सितलपाटीकी सम्झना महर, स्याङजा घर भइ सरकारी वकिलको कार्यालय घोराहीमा कार्यरत मातृका भण्डारी, खलंगा १ की राधिका सेजवाल, सल्यान श्रीनगरका वालकृष्ण खड्गीकी आमा र श्रीमती तथा सेजवालटाकुरा २ का नाम नखुलेका ८ वर्षका बालक रहेको प्रहरीले जनाएको छ । बिहान मन्दिरमा पुजा गर्न मन्दिर जाँदै गरेको ग १ च २७७० नम्वरको जीप सल्यानको सितलपाटीबाट खैरावाङ जादै गर्दा छापडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको हो । ज्यान गुमाउनेमा ४ पुरुष र ३ जना महिला रहेको सल्यानका प्रहरी प्रमुख डिएसपी राम प्रकाश शाहले बताउनुभयो । घाइते ८ जनाको कान्तिपुर सामुदायिक अस्पताल सितलपाटीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले चैत १६ देखि लकडाउन घोषणापछि

विर्तामोड । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७