रेग्मीको आधिकारिक निर्णय नआएसम्म मात्र प्रधानन्यायाधीश ‘भावी प्रधानमन्त्री’

६ फाल्गुन २०६९, आईतवार २०:५१ मा प्रकाशित

काठमाडौं, ७ फागुन । राजनीतिक दलहरुको प्रस्तावबमोजिम चुनावी सरकारको नेतृत्व स्वीकार गर्ने कि नगर्ने भन्ने तिब्र मानसिक द्वन्दमा परेका प्रधानन्यायाधीश खिलराज रेग्मी दलहरुले तोकिदिएको मापदण्डबाट आफू चल्नुपर्ने भएपछि पदअस्वीकार गर्ने मानसिकतामा पुगेका छन् । आधिकारिक रुपमा आफूलाई सो प्रस्ताव आएपछि त्यसलाई आधिकारिक तवरबाटै इन्कार गर्ने मनस्थिति बनाएर बसेका उनीनिकट स्रोतले जनाएको छ । 
यस परिस्थितिमा उनलाई कार्यपालिकाको जिम्मेवारी दिन नहुने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको र विभिन्न क्षेत्र एवम् तह तप्काबाट पनि प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्न नहुने भनी विरोधका आवाजहरु उठेबाट प्रधानमन्त्री पदप्रतिको लालसाबाट मुक्त हुन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रेरित गरेको निकटवर्तीहरुको कथन छ । यति मात्र नभई राजनीतिक दलहरुबाटै सरकार निर्माण गरिनुपर्छ र गोलमेच सम्मेलनमार्फत् निकासको मार्ग पहिल्याइनु पर्छ भन्दै आएको नेकपा-माओवादीले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरिने चर्चा चलेलगत्तै आन्दोलनको घोषणासमेत गरिसकेको परिवेशले सरकारको नेतृत्व लिन रेग्मी थप हच्किन पुगेको स्रोतको दाबी छ ।
कारण जेसुकै भए पनि कुनै असाधारण दबाव परेको अवस्थामा बाहेक अब खिलराज रेग्मीले सरकारको नेतृत्व गर्ने सम्भावना आधिकारिक तवरले सार्वजनिक गरिन बाँकी उनको व्यक्तिगत निर्णयका कारण अन्त्य भइसकेको बुझिएको छ । यस सम्बन्धमा आधिकारिक निर्णय सार्वजनिक गर्नुअघि रेग्मीले दलहरूले तोकेको कार्यविधिअनुसार चुनावी सरकारको बागडोर सम्हाल्दा काम गर्न अप्ठ्यारो हुने धारणा त घुमाउरो किसिमबाट सार्वजनिक गरिसकेकै छन् ।
यसरी, प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व गर्न लगाउँदा अपनाईने विधिविधान र अन्य मापदण्डका बारेमा छलफलमा जुटिरहेका राजनीतिक दलहरुको कसरत व्यर्थ खेर जाने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि