चीनले दियो नयाँ राजदूतको नाम

६ फाल्गुन २०६९, आईतवार २०:३८ मा प्रकाशित

रासस/ काठमाडौं, ६ फागुन । चीन सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गतको बाह्य सुरक्षा मामला विभागका नायब महानिर्देशक वु चुन्ताईलाई नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गरेको छ । राजदूत याङ हाउलनलाई निर्धारित तीन वर्षको कार्यकाल समाप्त हुनुअगावै फिर्ता बोलाएर बेइजिङले वुलाई प्रस्ताव गरेको हो ।
प्रस्तावित राजदूतको नाम स्वीकृतिका निम्ति प्रस्ताव यसै साता राष्ट्रपति कार्यालयमा प्रस्तुत गरिने शिष्टाचार महापाल डा. निरञ्जनमानसिंह बस्न्यातले राससलाई बताए ।

स्नातकोपाधि हासिल गरी २७ वर्षअघि चिनियाँ विदेश सेवामा प्रवेश गरेका प्रस्तावित राजदूत वुले टर्की, संयुक्त अधिराज्य र उत्तरी आयरल्यान्डका लागि लन्डनस्थित चिनियाँ राजदूतावासमा काम गरिसकेका छन् ।
उनले चिनियाँ विदेश मन्त्रालयको उत्तर एसियाली र अमेरिकी विभागका साथै विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेको कूटनीतिक आयोगमा प्रथम सचिवका रूपमा सेवा पुर्याइसकेका छन् ।
बीस महिने नेपालको सेवापछि यही फागुन १७ गतेभित्र स्वदेश फर्कने तयारीमा रहनुभएका राजदूत याङले विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक समुदाय एवम् विकासका अन्तर्राष्ट्रिय साझेदारहरूसँग बिदाइ भेट गरिसेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी