काठमाडौ, १७ चैत । प्रमुख तीन दलको आजको बैठकमा बेपत्ता छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न दलहरु सहमतिमा पुगेका छन् । सिंहदरवारस्थित शान्ति मन्त्रालयमा बसेको बैठकले आयोग निर्माणको कार्यविधि र अवधारणा बनाउनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाली एकीकृत नेकपा माओवादीका खिमलाल देवकोटा, नेपाली काङ्ग्रेसका रमेश लेखक र नेकपा एमालेका अग्नि खरेल रहनुभएको छ । काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकमा उच्चस्तरीय सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरु आयोगमा रहने, राजनीतिक सहमतिका आधारमा आयोग गठन गर्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले घटना र अपराधको प्रकृति हेरी क्षमादान दिने, तर जघन्य अपराधको हकमा भने क्षमादान नदिइ कानुनी कारबाहीका लागि सिफारिस गर्ने सहमति बैठकमा भएको बताउनुभयो । एमाले उपाध्यक्ष बामदेव गौतमले नेपालको कानुन र नेपाल पक्षधर रहेको अन्तर्राष्ट्रिय कानुनअनुरुप सत्यनिरुपण विधेयक बनाउने सहमति भएको बताउनुभयो । एकीकृत नेकपा(माओवादी)का खिमलाल देवकोटाले पहिले सत्यतथ्य छानबिन गर्ने र त्यसपछि मात्रै घटनाको प्रकृति हेरी क्षमादान दिने वा नदिने भनी निर्णय गर्ने गरी आयोगको कार्यविधि तय गर्ने सहमति भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया
सम्बन्धित खवर
केरा खेती गरेर लाखाँै आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोच्नुभएको थिएन । आफैँले खानका लागि दुई÷चार घरी
काठमाडौँ । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए । नेपालको भौगोलिक
काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका
रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकास्थित सादिडाँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु