न्यायालयपछि अब प्रहरी संगठन मुठ्ठीमा लिने कसरत

६ फाल्गुन २०६९, आईतवार १०:५५ मा प्रकाशित

काठमाडौं, ६ माघ । बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव ल्याएर मुलुकलाई एिकदलीय निरंकुशतातर्फ लैजाने कसरत गरिरहेको आरोप लागिरहेकै बेला एमाओवादी नेतृत्वको सरकारले आफ्नो खास इन्ट्रेस्टमा महानिरीक्षक बनाएको कुबेरसिंह रानाको कार्याकाल बढाउने कसरत गर्न थालेको बुझिएको छ । नेपाल प्रहरीको सेवा अवधि ३२ वर्ष बनाएर सरकारले आफूलाई अनुकुल हुनेगरी प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई तीन वर्षसम्म पदमा राख्ने गृहकार्य अघि बढाएको स्रोतको कथन छ ।
सरकारले प्रहरी नियमावली संशोधन गरी प्रहरीको सेवा अवधि ३२ वर्ष र प्रहरी महानिरीक्षकको पदावधि तीन वर्ष बनाउन लागेको हो । अहिले महानिरीक्षकको पदावधि ४ वर्ष छ । नियमावली संशोधन गरिएपछि महानिरीक्षक भएको १३ महिनामै अवकाश पाउने राना थप २३ महिना पदमा बहाल रहने छन् ।
बताइएअनुसार आफू बाहिरिएपछि पनि आफ्नो स्वार्थअनुकूल चलाउन एमाओवादी र मधेसी गठबन्धन  सरकारले त्यस्तो तयारी गरेको हो ।  प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीका उच्च अधिकारीको मिलेमतोमा प्रहरी नियमावली संशोधन गरी सेवा अवधि ३२ वर्ष बनाउने तयारी गरिएको दाबी सम्वद्ध स्रोतले गरेको छ । यसका लागि आज आइतबार प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बताइएअनुसार प्रधानमन्त्री भट्टराई र गृहमन्त्री विजयकुमार गच्छदारले प्रहरी नियमावली संशोधन गरी कात्तिक मसान्तमा ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउने रानालाई निरन्तरता दिन विवादास्पद गृहकार्य अघि बढाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा