अढाई दशकअघि भासिएको सतासी पुल जस्ताको तस्तै

६ फाल्गुन २०६९, आईतवार १०:०२ मा प्रकाशित

विष्णु सुब्बा/ झापा, ६ फागुन । झापाको दूधे–महाभारा सडकखण्डमा पर्ने सतासी खोलाको पुल भासिएको २४ वर्ष भइसकेको छ । तर, यति लामो समयसम्म पनि पुल बनाउन कसैले चासो नदिँदा मध्य–दक्षिण झापाका हजारौं सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । जिल्लामा रहेका सरकारी निकायहरु लामो समयदेखि मुख ताकाताकमा छन् जसका कारण पुल जस्ताको त्यस्तै हालतमा रहेको छ । पुल नबनेकै कारण दक्षिण क्षेत्रको कृषि उद्योगको ठूलो सम्भावना गुमेको सर्वसाधारण बताउँछन् ।
पुल बनेपछि शिवगञ्ज क्षेत्रमा जिल्लाकै सबैभन्दा ठूलो धान मिल स्थापना भएको थियो । तर, २०४५ सालको भदौमा आएको भूकम्पपछि जब पुल भासियो मिल पनि स्वतः बन्द भयो । यो सडकले शिवगञ्ज, पाँचगाछी, महाभारा, बैगुनधुरा, कोरोबारी, लगायतका गाविसलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्छ । २५ हजारभन्दा बढी जनसंख्याले यो पुल हुँदै यात्रा गर्छन् । दैनिक रुपमा १६ वटा साना ठूला सवारी नियमित चल्ने यो रुटमा अरु पनि त्यत्ति नै संख्यामा चल्छन् । ती सबै सवारीसाधनहरु जोखिम मोलेरै चलिरहेका छन् ।
त्यसबेलाको भूकम्पका कारण ३३ मिटर लम्बाई र १२ फुट चौडाई भएको पुलको तीनवटा पिलरमध्ये बीचको भासिएको थियो । १५ फुट अग्लो पिलरको ९ फुट जति भाग भासिएको छ । पुल भासिएपछि सरकारी निकायहरुले तत्कालै बनाउने भन्दै पटकपटक स्थलगत निरीक्षण गरेको स्थानीय बताउँछन् । तर, बनाउँछु भन्न नछोडने बनाउँदा पनि नबनाउने समस्या यहाँ पनि बल्झिएपछि सर्वसाधारण भासिएकै पुलबाट वर्षाैंदेखि हिँडिरहेका छन् । सरकारी वेवास्ताले दुर्घटना निम्त्याइरहेको सर्वसाधारण बताउँछन् ।
कन्काई नहर बनाएकै समयमा एक कोरियाली कम्पनीले यो पुल २०३४ सालमा बनाएको हो । त्यसको ११ वर्षपछि आएको भूकम्प र बाढीका कारण पुलको मध्यभाग भासिएको थियो । पुलको मध्यभाग भासिएका कारण हरेक बर्षामा हुने कटानले पुलको उत्तर र दक्षिणतिरको मुख कटानमा पार्छ । दक्षिणतर्फको भाग कटान गरेका कारण गत वर्ष १६ दिनसम्म यातायात ठप्प भएको थियो । स्थानीयबासीका अनुसार प्रत्येक निर्वाचनमा दलहरुले शिवगञ्जवासीलाई पुल बनाउने आश्वासन दिंदै आएका छन् तर, यसलाई मर्मत गर्ने वा नयाँ बनाउने काम चाहिँ कसैले पनि गर्न सकेन । यहाँको पुलको दुरावस्थाबारे सरकारका सम्बद्ध निकाय सबै बेखबर छन् । पूर्वाञ्चल सडक डिभिजन कार्यालयमा भुल भासिएको सूचनै छैन । विभागले जिल्ला विकास समितितिर देखाए पनि उसले २४ वर्षयता यो पुलको मर्मत वा पुनर्निर्माणका लागि एक पैसा पनि खर्चिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड

लमजुङ।हिमपातकै अवस्थामा पनि मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६

काठमाडौँ । रोजगारीको लागि साउदी पुगेका ६ नेपाली युवा बिचल्लीमा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर स्वदेश फर्काएको