पशुपतिनाथ नै संकटमा परेपछि रक्षा कसले गर्ने ?

६ फाल्गुन २०६९, आईतवार ०९:३४ मा प्रकाशित

काठमाडौं, ६ फागुन । कुनै संकट आइपर्दा भगवान पशुपतिनाथले रक्षा गरुन् भन्ने गरिन्छ, तर स्वयम् देवादिदेव महादेवको मन्दिरपरिसरभित्रै चोरी हुन्छ भने रक्षा कसले गर्ने ? यस्तै सवाल पैदा गराएको छ गत शुक्रबार पशुपतिनाथ मन्दिरमा घटेको एक चोरीको घटनाले ।
गत शुक्रबार राती पशुपतिनाथ मन्दिरछेउको बूढानीलकण्ठ मन्दिरमा राखेको दानपत्रबाट चोरी भएको छ । राती करिब १ बजे भएको अनुमान गरिएको चोरीमा छिनोले खोपेर दानपत्र फुटाई भएभरको दान रकम चोरिएको सम्वद्ध निकायले जनाएको छ । राती चारैवटा मुख्य ढोका बन्द रहने मन्दिर परिसरमा चारदेखि पाँचजना सुसरक्षाकर्मी समेत रातभर ड्युटीमा खटिन्छन् । मन्दिरको निगरानीका लागि एक दर्जनभन्दा बढी सिसीक्यामरा पनि जडान गरिएका छन् । यस्तोमा चोरीको घटना हुनु गम्भीर विषय त बनेकै छ सबैलाई आश्चर्यमा पनि पारेको छ । मन्दिरभित्रैका व्यक्ति र सुरक्षाकर्मीको मिलेमतोविना चोरीको यस्तो घटना सम्भव नहुने पशुपति क्षेत्रविकास कोषका सदस्यसचिव सुशील नाहटाले प्रतिक्रिया दिएका छन् । राति ड्युटीमा खटिएका सुरक्षाकर्मी, सिसीक्यामरा निरीक्षणलगायत छानबिन सुरु गरिएको पनि उनले बताए ।
स्मरण रहोस्, पशुपतिनाथ मन्दिर सुरक्षाका लागि सरकारले सशस्त्र र नेपाल प्रहरीका करिब एक सय प्रहरी खटाएको छ । जनपदका बत्तीस र बाहिर सशस्त्रका पैतालीस जना प्रहरीले सुरक्षा दिंदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही