राप्रपा नेपाल प्रधानन्यायाधीशकै पक्षमा

६ फाल्गुन २०६९, आईतवार ०९:०१ मा प्रकाशित

रासस/ काठमाडौँ, ६ फागुन । राप्रपा नेपालले संविधान सभाको निर्वाचन निष्पक्ष र भयरहित ढङ्गले सम्पन्न गर्न प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न माग गरेको छ। राप्रपा नेपालद्वारा आयोजित काठमाडौँ महानगरपालिकाको दोस्रो अधिवेशनमा सहभागी वक्ताहरुले विसं २०४६ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्दा व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका प्रमुख भई काम गरेको प्रसङ्ग उल्लेख गर्दै वर्तमान प्रधानन्यायाधीशले तीनवटै निकायको नेतृत्व गर्न नहुने भनाइ नेपाली काँग्रेस र नेकपा एमालेका कुतर्क भएको बताए।
अधिवेशनको उद्घाटन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलका भ्रष्ट्र तथा सत्तालोलुप नेताहरुले चुनाव गर्न नसक्ने दाबी गरे । निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित चुनाव गर्न प्रधानन्यायाधीश वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्नुपर्ने उनको माग थियो।
राप्रपाका वरिष्ठ नेता केशरबहादुर विष्टले २०१५ सालको चुनावमा धाँधली गरेर काँग्रेसले दुई तिहाई मत ल्याएको र २०४६ सालको चुनावमा धाँधली गरेर बहुमत ल्याएको बताउँदै उनले धाँधली गरी चुनाव जित्ने काँग्रेसलाई चुनावी सरकारको नेतृत्व दिन नहुने बताए ।
पार्टीका सहायक महामन्त्री विक्रमबहादुर थापा र राजाराम श्रेष्ठले संसदको निर्वाचन नभएको १४ वर्ष र स्थानीय चुनाव नभएको १६ वर्ष भइसकेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच