उप्रेतीलाई प्रमुख आयुक्त बनाइने तयारी, माओवादी चुनावको विपक्षमा

६ फाल्गुन २०६९, आईतवार ०८:२० मा प्रकाशित

काठमाडौं, ६ फागुन । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि दलहरु सहमतिमा पुगेलगत्तै नेकापा माओवादीले गैरराजनीतिक व्यक्तिको नेतृत्वमा चुनाव हुन नसक्ने उद्घोष गरेको छ । सो पार्टीले दलहरुको यस कदमविरुद्ध कठोर आन्दोलनमा उत्रिने समेत बताएको छ । सो पार्टीका प्रवक्ता पम्फा भुषालले देशमा अब चुनाव नै नहुने दाबी गर्दै सर्वपक्षीय गोलमेच सम्मेलन आह्वान गरेर समस्या समाधानको बाटो खोज्नुपर्ने बताएकी छिन् ।
यसरी असन्तुष्ट पक्षले निर्वाचन नै गर्न नदिने चुनौती दिइरहेको परिवेशबीच प्रधानमन्त्री बाबुराम भट्टराईले भने संविधानसभाको नयाँ चुनाव गराउने जिम्मेवारी बहनका लागि पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुकक्त नीलकण्ठ उप्रेतीलाई तयार रहन आग्रह गरेका छन् । शनिबार बालुवाटार बोलाएर भट्टराईले निर्वाचन आयोगको नेतृत्व सम्हाल्न उप्रेतीलाई आग्रह गरेका हुन् ।
नयाँ सरकार गठन गरी जेठमा चुनाव गर्ने विषयमा दलहरूबीच छलफल चलिरहेका बेला प्रधानमन्त्रीले जेठमा चुनाव गर्न सकिने या नसकिने भन्नेबारे जानकारीसमेत उप्रेतीसँग लिएका थिए ।
उप्रेतीले भने चुनावका लागि थुप्रै चुनौती बाँकी रहेको उल्लेख गर्दै निर्वाचन आयुक्तको जिम्मेवारी पाउनका लागि प्रधानमन्त्रीले चाहेर मात्र नहुने बरु सबै दलहरुको सहमति आवश्यक पर्ने जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही