प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउन मुख्य बिपक्षी दलहरु सहमत

५ फाल्गुन २०६९, शनिबार २१:४७ मा प्रकाशित

काठमाडौं, ५ फागुन । एमाओवादी सहितको मुख्य बिपक्षी दलहरु बीच शनिबार भएको छलफलमा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न मुख्य बिपक्षी दलहरु सहमत भएका छन् । शीलत निवासमा शनिबार राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा भएको छलफलमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुले रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सैद्धान्तिक सहमतिगरेका हुन् । शीलत निवासमा शनिबारनै सरकार गठनसहितका विषयमा प्याकेजमा सहमतिका खोज्नका लागि लागि मुख्य चार दलबाट २ जना प्रतिनिधि रहेको कार्यदल गठन समेत गरेका छन् । कार्यदलमा एकीकृत नेकपा माओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा, कांग्रेसबाट विमलेन्द्र निधी र मिनेन्द्र रिजाल, एमालेबाट भीम रावल र अग्नि खरेल तथा मधेसी मोर्चाबाट जितेन्द्र देव र हृदयेश त्रिपाठी रहेका छन् । मुख्य दलको प्रनितिधित्व रहेको कार्यदलले जेठ १५ भित्र चुनाव गर्ने गरि सरकार गठन र दैनिक प्रशासन सञ्चालन विधी र संरचना लगायतका विषयमा सहमितको बुदा तय गर्नेछ । कार्यदलले सहमतिको मस्यौदा तयार पारेपछि आइतबार बस्ने मुख्य दलका शीर्ष नेताहरुको बैठकले सरकार गठन  र निर्वाचन तिथि र प्रक्रिया बारे टुङ्गो लगाउने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने