चैत मसान्तभित्र शिविर खाली गर्ने विशेष समितिको निर्णय

१८ चैत्र २०६८, शनिबार ०७:१७ मा प्रकाशित

काठमाडौ, १७ चैत । सेना समायोजन विशेष समितिले यही चैत मसान्तभित्र माओवादी लडाकुका शिविर खाली गर्ने निर्णय गरेको छ । नयाँ वानेश्वरस्थित कार्यालयमा बसेको विशेष समितिको आज बसेको बैठकले चैत मसान्तभित्रै समायोजनाको काम सुरु गरी शिविर खाली गर्ने निर्णय गरेको हो । अर्थमन्त्री तथा माओवादीका तर्फबाट विशेष समितिका समस्या वर्षमान पुनले चैत मसान्तभित्र लडाकू समायोजनका लागि नेपाली सेनालाई जिम्मा लगाउने र कन्टेनरमा रहेका हतियार राज्यलाई जिम्मा लगाएने निर्णय भएको जानकारी दिनुभयो । गत वर्ष माओवादी लडाकुका शिविर विशेष समिति मातहत आएपनि हतियारको कण्टेनर लडाकुकै कन्ट्रोलमा थियो । समायोजन रोजेका लडाकुलाई यसै अवधिभित्र स्वेच्छिक अवकासको मौका दिने सहमति भएको पनि उहाँले बताउनुभयो । समाजोजनसम्बन्धी भएको निर्णयलाई विपक्षी दलहरुले सरकारात्मक उपलव्धी भनेका छन् । विशेष समिति एवम् काङ्गे्रस नेता डा. रामशरण महतले लडाकूका शिविर खाली गर्ने निर्णयपछि संविधान निर्माणको काम सकारात्मक ढङ्गले अगाडि बढाउने सहमति भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस