सारङ्गाले फेरि बिहेभोज खुवाउने

५ फाल्गुन २०६९, शनिबार २१:१४ मा प्रकाशित

करिब तीन वर्षअगाडि नायिका सारङ्गा श्रेष्ठले अमेरिकी नागरिकसँग विवाह गरिन् । ती नागरिकलाई नेपालमा ल्याएर बिहेको भोज पनि खुवाइन् उनले चलचित्रकर्मीहरूलाई । अहिले ती अमेरिकी नागरिकसँग सम्बन्धविच्छेद भएपछि सारङ्गाले फेरि अमेरिकामा नै रहेका रमेश नामक नेपालीसँग दोस्रो विवाह गरेकी छिन् । सारङ्गाको पहिलो बिहेको भोज खाँदा मुख मिठ्याएका चलचित्रकर्मीले अब फेरि सारङ्गाको दोस्रो बिहेको भोज पनि खान पाउन भएका छन् । अनौपचारिक रूपमा अमेरिकामा विवाह गरे तापनि सारङ्गा औपचारिक रूपमा विवाह गर्न चाँडै आफ्ना नयाँ दुलाहाका साथ नेपाल आउने भएकी छिन् । केटा र केटी पक्ष दुवै मिलेर भव्य पार्टीका साथ विवाह हुने भएको छ चाँडै । मिति निश्चित नभए तापनि धार्मिक परम्पराअनुसार नै विवाह हुने कुरा भने निश्चित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया