‘मैले धोका दिएकी छैन’: रेखा थापा

५ फाल्गुन २०६९, शनिबार २१:१० मा प्रकाशित

यतिबेला नायिका रेखा थापा अमेरिकाको सयरमा छिन् । करिब एक दर्जन विभिन्न कार्यक्रममा सहभागिता जनाउन अमेरिका पुगेकी रेखाको चर्चा भने नेपालमा भइरहेको छ । गत हप्ता मात्र मलेसियामा आयोजना गरिएको एक कार्यक्रममा आउँछु भनेर एडभान्ससहित लिएर पछि नगएर धोका दिएको चर्चाले पनि बजार गरम बनायो । यसको वास्तविकता के हो ? के रेखाले धोका नै दिएकी हुन् त ?  अमेरिकामा रहेकी रेखासँग गरिएको कुराकानी  ।
० कस्तो रहेछ त अमेरिका ?
– सोचेभन्दा पनि राम्रो । अमेरिका जाने इच्छा पूरा भएको छ ।
० उतै बस्ने त होइन ?
– अँ हँ बस्दिनँ ।
० बस्दा के हुन्छ र ?
– होइन बस्दिनँ । मेरो चलचित्र हमेसा रिलिज छ चैत ३० गते । म त लुक्न होइन घुम्न आएकी हुँ ।
० कत्तिको सम्मान पाइयो ?
– त्यसको बयान म शब्दमा व्यक्त गर्न सक्दिनँ । यहाँका नेपाली मित्रजन र कलाकार साथीहरूलाई भेटेर नेपालमा नै रहेको आभाष भयो ।
० रेखाले त मलेसियाको कार्यक्रमलाई धोका दिइन् भन्ने चर्चा छ नि ?
– मैले धोका दिएको होइन । र, त्यस्तो मनसाय पनि छैन मेरो । मैले पहिले नै अमेरिकाको र मलेसियाको कार्यक्रम जुध्न सक्छ, अहिले मेरोबारेमा फिक्स नगर्नुस् भनेकी थिएँ ।
० मलेसियामा त रेखा आउने भनेर प्रचारप्रसार पनि भइसकेको रहेछ नि त ?
– त्यो उहाँहरूको गल्ती हो । मेरो तस्बिर राखेर प्रचारप्रसार अहिले नै नगर्नु भनेर मैले भनेकी थिएँ । तर, उहाँहरूले गर्नुभएछ ।
० साइन अमाउन्ट किन लिएको त ?
– म लिन्न । पछि निश्चित भएपछि बरु सबै लिउँला भनेकी थिएँ । उहाँहरूले थोरै लिनुभयो भने पनि हामी ढुक्क हुन्छौँ भन्नुभयो । मलेसियामा रहनुभएका मेरा प्यारा नेपाली दर्शकलाई झुक्याएर पारिश्रमिक पचाउन म सक्छु होला त ?
० अब के हुन्छ त ?
– यो समयको धोका हो । उहाँहरूको ‘साइन अमाउन्ट’ फिर्ता गर्छु र पछि समय मिलेमा जान्छु भनेकी छु । यसलाई उहाँहरूले अन्यथा लिनुहुन्न भन्ने कुरामा म ढुक्क छु ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया