शक्ति पृथकिकरण बिपरित हुने :सचिब पोख्रेल

५ फाल्गुन २०६९, शनिबार १९:२५ मा प्रकाशित

 रुपन्देही, ५ फागुन । नेकपा एमालेकासचिव संङ्कर पोखरेलले बहालवाला प्रधान न्यायाधिसको नेतृत्वमा चुवावि परिषद बनाउने प्रस्ताव लोकतान्त्रीक मुल्य मान्यता बिपरित र शक्ति पृथकिकरण बिपरित हुने बताउनुभएको छ ।  उहाँले कानुनको ब्याख्या गर्ने निकायको ब्यक्तिले राजनितिक झमेला पार लगाउन नसक्ने बताउदै एमाओवादीले प्रधानन्यायाधिसको नेतृत्व प्रस्ताव गर्नु चुनाव गर्न नभइ मुलुकलाई थप संकटमा पार्ने षणयन्त्र गरेको समेत बताउनुभएको छ । उहाँले न्यायापालीका र कार्यपालिका प्रमुख एउटै ब्यक्ति हुदा शक्ति सन्तुलन हुन नसक्ने बताउदै भन्नुभयो– सन्तुलन र नियन्त्रण गर्ने निकाय नभए अधिनायकवादको जन्म हुन्छ ।  प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले राजनितिक परिवर्तनलाई स्थापित गर्न राजनितिक शक्तिकै नेतृत्व आवश्यक पर्ने बताउदै एमाओवादीले गैर राजनैतिक ब्यक्ति बाहेकको प्रस्ताव ल्याए एमालेले स्वीकार्ने बताउनुभयो । उहाँले भन्नुभयो– एमाओवादी वा प्रचण्ड ठिक भनेर होइन, बिकल्पमा राजनितिक नेतृत्व जवाफदेहि बढी हुन सक्छ । उहाँले नेकपा एमालेको आजको बैठकले सहमतिका लागि उचित निर्णय गर्ने बताउदै एमाले लोकतान्त्रीक मुल्य मान्यताका आधारमा टुंगोमा पुग्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधिसले राजिनामा गरेर आएमा भने चुनावि सरकारको नेतृत्व स्वीकारगर्न सकिने संकेत गर्नुभयो ।  नेता पोखरेलले प्रधानन्यायाधिसको प्रस्ताव एमाओवादीले जेठ १४ पछिको संबैधानीक संकटलाई थप बिस्तार गर्ने षणयन्त्र अनुरुप ल्याएको बताउदै भन्नुभयो– यो सार्वभौम मुलुकलाई अर्धसार्वभौम बनाउने प्रयास हो । कार्यक्रम चौतारी रुपन्देहीका अध्यक्ष प्रदिप आचार्यको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको