आयोगको प्रतिवेदनमाथि सभासद्हरूको फरक फरक टिप्पणी

१८ चैत्र २०६८, शनिबार ०७:१६ मा प्रकाशित

काठमाडौ, १७ चैत । संविधानसभाको आजको बैठकमा पनि विभिन्न दलका सभासद्हरूले राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेका छन् । आज अन्तिम दिन भएको छलफलमा भाग लिँदै नेकपा मालेका सभासद् नीलम केसीले सबै जात, वर्ग तथा क्षेत्रलाई समेट्ने गरी राज्यको पुनःसंरचना गरिनुपर्ने बताउनुभयो । यसैगरी दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवानले समनतामूलक समाज निर्माणका लागि सङ्घीयतामा जानुपर्नेमा जोड दिनुभयो ।
छलफलमा भाग लिँदै एकीकृत नेकपा माओवादीका प्रभु साह तेलीले एकात्मक राज्यसत्ताको विभेद् हटाउनका लागि राज्यको पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेसका नरबहादुर पुनले राज्य व्यवस्थामा सबैको समानुपातिक प्रतिनिधित्वका लागि सङ्घीयता आवश्यक रहेको बताउनुभयो ।
यसैगरी छलफलमा भाग लिँदै नेकपा एमालेका सभासद् थममाया थापाले विचारले राज्य सञ्चालन गर्नुपर्छ भन्दै जनतालाई विश्वासमा लिएर गरिने कार्य सर्वस्वीकार्य हुने उल्लेख गर्नुभयो ।
एकीकृत नेकपा माओवादीका भक्तबहादुर साहले उत्पीडन र पछौटेपनबाट अघि बढ्न सङ्घीयता चाहिएको तर्क गर्दै सामथ्र्य र स्रोतका आधारमा राज्य बत्रुपर्ने बताउनुभयो । छलफलमा भाग लिँदै एकीकृत नेकपा माओवादीकै सुरेश आलेमगरले आयोगको प्रतिवेदनलाई सिद्धान्तः स्वागत गर्दै यसमा रहेका कमजोरीलाई हटाएर लागु गर्नुपर्नेमा जोड दिनुभयो । सबै जात जातिलाई अधिकार सम्पत्र गराइए कोही कसैले पनि देश विखण्डन गर्न नसक्ने बताउँदै सभासद् मगरले सामथ्र्य र पहिचानलाई ध्यान दिएर राज्यको पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे