चेग्वेभाराको ‘अनुयायी’ बनेर आतंककारी गतिविधि गर्ने प्रहरी कब्जामा

५ फाल्गुन २०६९, शनिबार ०५:०१ मा प्रकाशित

काठमाडौं, ५ फागुन । आफूलाई चेग्वेभाराको अनुयायी दाबी गर्दै भूमिगत रुपमा सशस्त्र आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका सोनाम लामा शुक्रबार राती सिन्धुपाल्चोकको एक गाउँबाट पक्राउ परेका छन् । आफू नेकपा (चेवादी) का अध्यक्ष रहेको भन्दै सिन्धुपाल्चोकका केही गाउँमा सोनामले आतंकपूर्ण गतिविधि बढाउँदे आएका थिए । गत जेठदेखि उक्त पार्टीएको नामबाट सिन्धुपाल्चोक जिल्लाको पारि गाउँ भनेर चिनिने विकटबस्तीहरु पाङताङ, गुम्वा, गोल्चे, हगाम, बराम्चीलगायतका क्षेत्रमा उनले हतियारसहित आतंक फैलाएका थिए । सोनाम ०६२ सालमा रामराजाप्रसाद सिंहको नवजनवादी मोर्चाको केन्द्रीय उपाध्यक्षसमेत रहेको प्रहरी सुत्रले जनाएको छ ।
सिन्धुपाल्चोककै २ नम्बर क्षेत्रबाट गत संविधानसभा निर्वाचनमा सदस्यको उम्मेदवार बनेका सोनाम लामा प्रहरीको मष्टवान्टेड सूचिमा थिए ।
४३ वर्षीय लामालाई पक्रन प्रहरी प्रधान कार्यालयको प्रतिआतंकवाद सेल, जिप्रका, विशेष कार्यदल र तेम्वाथान चौकीको टोली खटेको थियो । प्रहरीले सिन्धु सदरमुकाममा पत्रकार सम्मेलन गरेर उनलाई सार्वजानिक गरेको हो । सोनामसँगै विभिन्न प्रकारका हतियार बरामद भएको छ । प्रहरीले उनी बसेको नजिकै बारीको कुनामा खाल्डो खनेर बोरामा प्याक गरेर राखेको अवस्थामा स्थानीय तहमा बनेको एक बोल्ट राइफल १६ थान, भरुवा बन्दुक एक थान, टुभेल्वर तीन थान र थ्री नट थ्रीको गोली ४७ राउण्ड बरामद गरेको हो ।
०५६ सालमा राष्ट्रिय जातीय मुक्ति मोर्चा नामक पार्टी गठन गरेर लामा आफै त्यसको अध्यक्ष बनेका थिए । औपचारिक ५ कक्षा अध्ययन गरेका लामाले २३ वर्षअघि भारतमा मजदूरी गरेर पर्केका थिए । उनी ०५४ मा काठमाडौं आरुबारीमा सिर्जनशील युवा समूह गठन गरेर त्यसको अध्यक्ष बनेका थिए । लामासहितको समूहले २०६९ जेठ ५ गते नेकपा चेवादी पार्टी स्थापना गरेर सशस्त्र बिद्रोहको घोषणा गरेका थिए । उनले छापामार युद्धको माध्यमबाट परिवर्तन गर्ने उद्घोष गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार