यात्रा र जीवनको कथा

५ फाल्गुन २०६९, शनिबार ०४:३४ मा प्रकाशित

गोकर्ण ‘प्रकाश’ बुटवल:
सायद कथाको अन्त्य राम्रो हुदो हो त म यसरी कथा लेख्न विवस हुने थिएन । कथाले कसैको जीवनमा उलटपुलट ल्याएको छ । सफल जीवन यापन गर्ने गगन चुम्बी सपना छिया छिया बनेर पत्रफुल सरि ओइलाएर झरेको अवस्थामा एउटा जीवनको अनुभब नलेखि र नबाडी यो मनले मानेन । कथाको श्री-स्वस्थानी यसरि सुरु हुन्छ ।

गाउँको पुच्छार बस्ति मझेरीटार । मझेरीटारमा २-४ घर छरिएर सानो बस्ति बनेको थियो । बस्ती रमाइलो थियो । त्यहाँ दया, माया, प्रेम, सहयोग सबै कुराको कमि थिएन । सबै गाउले एक-अर्कालाई माया र सहयोग गर्थे | उदाहरनिय गाउँ बनेको थियो मझेरीटार । यताउता बाट मानिस मझेरीटार मा बस्ति बस्न आउन थालेपछि बिस्तारै गाउँ फराकिलो हुदै गएको थियो । मझेरीटार एउटा सानो बजारको रुपमा गन्तब्यस्थल बन्यो । एक पटक देशको राजनीतिक असहज स्थिति संगै देशभर हड्ताल, आन्दोलन अघि बढे । जसको असर व्यापार-ब्ययसायमा पर्यो । जताततै महंगी बढ्यो । संगै लुटपाट, हत्या, अपहरण आदि वृद्धि हुन थाले । मझेरीटारमा महंगीको मार नराम्रो संग पर्यो । गाउका युवाहरु बिस्तारै सहर पलायन हुने थाले । गाउँमा रहेका मन्दबिर र मेनुका गहिरो प्रेममा परेका थिए । एकदिन धन कमाउन मन्दबिर सहर जाने निर्णय गर्यो । मेनुकालाइ यो असहय भयो । मन्दबिरले सहर जाने, प्रसस्तै धन कमाउने र सुख संग जीवन यापन गर्ने ठुलो सपना बोकेको थियो । मेनुका मन्दबिरलाइ एकपल पनि छोड्न नसक्ने निर्णयमा पुगि । मन्दबिर मन्दभएर धेरै सोच्यो । आखिर दुबैजना संगै गाउँबाट भाग्ने निर्णय गरे ।

बस खचाखच थियो । म काठमाडौँ जादै थिए । यात्रुहरु गल्लीमा नअटेर छतमा पनि भरि-भराउ थियो । यहाको सडकको हाल बेहाल त्यसमाथि त्यो यात्रुले खचाखच बस । नचढेर पनि के गर्नु भोलि आफ्नो जागिरमा उपस्थित नभए मालिकले एक महिनाको तलब पुरै काट्ने कुरा कानमा परिसकेको थियो । मेरो छेउमा आएर मन्दबिरको मस्त जोडी बस्यो । एक छिन केहि बोलिन | मनले के मान्थ्यो । बोलिरहने मान्छे , उ प्रती उत्सुकता जाग्यो र सोधे । मन्दबिरले यी सबै कुरा सुनायो । एकछिन पछी गाडी खचक्क रोकियो । फेरी दौडियो, अघिबाट हल्ला सुनियो । बचाओ बचाओ बचाओ ।

दायाबाया छामे । आँखा अझ राम्रो संग खुलेको थिएन । लाग्यो सायद म काठमाडौँ आइपुग्यो कुनै होटेलको रेस्ट रुममा मस्त ढलिरहेको छु । कति छिट्टै राजधानी छिरिएछ । आँखा खोल्ने प्रयास गरे अहँ खुलेनन् | कस्तो निन्द्रा है । ओरपर ओछ्यानमा मोबाइल खोजे । म काठमाडौँ आइपुगेको खबर घरमा जानकारी दिनु पर्यो, मेरो योजना । मोबाइल भेटिएन, कसैको आवाज सुनियो । ‘गोकर्ण’ आवाज संगै मलाई हल्लाइयो । ‘तिमीलाई कस्तो छ ?’ मलाई कस्तो छ रे । बल गरेर आँखा खोले । ओहो म यहाँ कसरि ? साथी सुरजले सबै वृतान्त सुनायो । मलाई अलिकति सरिरमा दर्द भएपनि अरु सबै ठिक थियो | मैले बसमा यात्रा गर्दाको समय कोट्याए । नन्दबिर कहाँ छ ? थाहा पाउन सक्छु ? साथी सुरजले भन्दै गयो । ‘को नन्दबिर? हेर्नुस त आजको खबर पत्रिका | अरु सबैको पहिचान भयो, यी दुइ लाशको पहिचान हुन सकेको छैन ।’ म झस्किए । मुटुमा गहिरो किला गडे जस्तो भयो । झन्डै म फेरी बियोस हुने अवस्थामा पुगे । सरिरभरि खलखली पसिना आयो । नन्दबिरको जोडी हो त्यो, म राम्ररी चिन्दछु | बिचरा गाउँबाट धन कमाउन सहर हिडेको थ्यो । उसले आफ्नो धड्कनलाइ आफु संगै लिएर सहर छिर्दै थियो । उसले मलाई सुनाएको थियो उसको गगन चुम्बी सपना । गाउले पौरखी युवा । उसले गाउमा छदा कस्तो संघर्स गर्न बाँकि राख्यो होला र ? इमान्दार, मेहनती र उदाहरनिय युवाको रुपमा गाउँले ले श्रद्धा गर्थे । नन्दबिरको सपना पुरा गरिदिने मैले सम्म बाचा गरेको थिए । अबै ति बाचा, ति पल, ति सपना एउटा कथा बनेर मेरो सब्द सब्दमा उनिएका छन् । उफ्मेरो बाँकि जिन्दकीमा यहि कथा पल बनेर मलाई झस्काउने छ | त्यसरी झस्किदै बाच्नुपर्ने मेरो बाध्यता इश्वरले किन रच्नुपर्थ्यो । उनीहरुसंगै लगेको भए हुन्थ्यो नि । बिचरी मेनुका चोखो प्रेमको लागि जिन्दकी सधाका लागि मिर्त्युलाई अर्पण गरि । त्यसै गरि नन्दबिर मेनुका संगै झाँगिएको प्रेमबाट सदाका लागि बिछोडियो । मेरो मनमा अनेक कुरा खेल्दै थिए त्यही समय म हस्पिटलबाट डिस्चार्ज भएको खबर आयो । साथी सुरज संगै बाटो लागे..र केहि दिन जताततै मेरो यो कथा चर्चाको बिसय बन्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ ।

काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा