सेनालाई हेलिकप्टर किन्न तीन अर्ब

५ फाल्गुन २०६९, शनिबार ०४:४४ मा प्रकाशित

काठमाडौं, ५ फागुन । नेपाली सेनालाई एमआई७० हेलिकोप्टर खरिदका लागि सरकारले तीन अर्ब रुपियाँ दिने निर्णय गरेको छ । दुईवटा उक्त हेलिकप्टर खरिदका लागि सेनाले केही समयअघि नै रुपियाँ निकास गर्न माग गरेकोमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रकम निकासा गर्ने निर्णय गरेको हो ।
सोही बैठकले मन्त्रिपरिषद्का सचिव यज्ञ गौतमको राजीनामा पनि स्वीकृत गरेको छ । सरकारी क्रियाकलापप्रति असन्तुष्ट सचिव गौतमले केही समयअघि राजीनामा बुझाएका थिए ।
यसैगरी, हेटौँडा सिमेन्ट उद्योगमा सुनिल कुमार झा र उदयुपुर सिमेन्ट उद्योगको अध्यक्षमा शिवप्रसाद पटेललाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ भने प्रजातन्त्र दिवसका अवसरमा ६६ जना कैदीलाई सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
सरकारले सगरमाथा अञ्चल अस्पतालको नाम परिवर्तन गरेर महेन्द्र नारायण स्मृति सगरमाथा अस्पताल राख्ने निर्णय गर्नुका साथै चलचित्र विकास कोषका लागि ५० लाख रुपियाँ उपलब्ध गराउने भएको छ । यस्तै राउटे, कुसुन्डा, चेपाङ तथा बनकरिया जातिलाई बसोबासका लागि कम्तिमा ४० वर्षसम्म कबुलीयत बन र जग्गा उपलब्ध गराउने निर्णय पनि शुक्रबारकै बैठकले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र