एक करोड जीएसएम लाइन विस्तारको ठेक्का चिनियाँ कम्पनी हुबावेलाई

५ फाल्गुन २०६९, शनिबार ०४:२९ मा प्रकाशित

काठमाडौं, ५ फागुन । नेपाल टेलिकमले महत्वाकांक्षी योजनाका रुपमा अगाडि सारेको एक करोड जीएसएम लाइन विस्तारको ५२ लाख लाइनको प्रोजेक्ट ए मा शुक्रबार चिनियाँ दूरसञ्चार प्रविधि कम्पनी हुवावेसँग सम्झौता गरेको छ । यसअघि टेलिकमको मेगा प्रोजेक्टको रुपमा रहेको एक करोड जीएसएम मोबाइल लाइन विस्तारको ४८ लाख लाइनको प्याकेज बीमा काम गरिरहेको चिनियाँ कम्पनी हुवावेको कवोल अंक टेलिकमले मागेको बोलपत्रमा दुवै प्याकेजका लागि सबभन्दा कम रहेकोले उ छानिएको बताइएको छ ।
टेलिकमका अनुसा।र एक करोड जीएसएम लाइनलाई ए र बी गरी दुई प्याकेजमा अर्न्तराष्ट्रिय बोलपत्र आव्हान गरिएको थियो। सबैभन्दा सस्तो रकम कबोलेपछि प्याकेज बीको काम हुवावेले पाएको थियो। तर दुवै प्याकेजको काम एउटै कम्पनीलाई नदिने व्यवस्था भएकाले हुवावेकै दरमा अर्को चिनियाँ कम्पनी जेडटीईले ५२ लाख लाइन विस्तारको काम गर्ने भएको थियो।
तर, आफूलाई टेण्डर परेको लामो समय सम्म सम्पर्कमा नआएको र उक्त दरमा काम गर्न नसक्ने भनेपछि ५२ लाख जीएसएम लाइन विस्तारको प्याकेज युरोपेली कम्पनी ईरिक्सनको पोल्टामा पुगेको थियो। इरिक्सनले पनि सो प्याकेजमा काम गर्ने इच्छा नदिएपछि टेलिकमको महत्वाकाँक्षी योजनामा काम गर्ने कम्पनीका रुपमा हुवावे मात्र छानिएको नेपाल टेलिकमले दाबी गरेको छ ।
हुवावेले ५२ लाख लाइन विस्तारका लागि १२ करोड १२ लाख डलर रकम कबोल गरेको थियो। यो युरोपेली कम्पनी ईरिक्सनको भन्दा झण्डै आधा कम भएको टेलिकमको कथन छ । ईरिक्सनले यही प्याकेजको कामका लागि २४ करोड ३० लाख रकम कबोल गरेको थियो। पछिल्लो समय एक वर्षभन्दा बढी ढिलो गरेर आफ्नो हात परेको ५२ लाख लाइन विस्तारको प्याकेजमा सुरुको कबोल मुल्यमा काम गर्न नसक्ने भनेर हुवावेले सम्झौतामा हस्ताक्षर गर्न आनाकानी गरेको थियो।
यसैबीच टेलिफोन वा मोबाइल फोन भन्नासाथै आममानिसले सम्झने र दूरसञ्चार सेवाको पर्यायवाची बनेको नेपाल टेलिकम पछिल्लो समय इन्टरनेट सेवा प्रदायकका रुपमा उदाएको छ। गत वर्षो मंसिर मसान्तदेखि यो सालको मंसिर मसान्तसम्मको ग्राहक आधारको संख्याले टेलिकमको पकड भ्वाइसमा भन्दा डाटा अर्थात् इन्टरनेटमा बढ्दै गएको बताइन्छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गर्ने दूरसञ्चार क्षेत्रको व्यवस्थापन सूचना प्रतिवेदनले नेपाल टेलिकमले यो अवधिमा भ्वाइसभन्दा डाटामा बढि ग्राहक बनाउन सफल भएको देखाएको छ। यो अवधिमा टेलिकमले ११ लाख नौसय ७० इन्टरनेट प्रयोगकर्ता बढाएको बताइएको छ। यो संख्या उसको नजिकको प्रतिस्पर्धी एनसेलले सोही अवधिमा बढाएको भन्दा झण्डै दोब्बर हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा