बेलायतवासी एनआरएनद्वारा ओखलढुंगाका स्कुलमा अक्षय कोष स्थापना

५ फाल्गुन २०६९, शनिबार ०४:१५ मा प्रकाशित

ओखलढुंगा । परदेशमा रहेका नेपालीहरुबाट आफु जन्मेको ठाउँमा सहयोग गर्ने क्रम बढीरहेको छ । यसै क्रममा हाल बेलायतमा बसोबास गर्ने शिबजी श्रेष्ठले आफ्नो जन्मभूमि ओखलढुंगाका जालपा माध्यमिक विद्यालय, गैरीगाउंमा आफ्ना दिवंगत हजुरबुवा प्रजातन्त्र सेनानी सूर्य बहादुर श्रेष्ठ, जो बि.स २००७ सालको क्रान्तिमा राणा सरकारबाट सर्वस्वहरणमा परेका थिए । तथा हजूरआमा माया श्रेष्ठको पुण्य स्मृतिमा एक लाख रुपैयाँको सुर्य श्री अक्षय कोषु स्थापना गर्नु भएको छ । सरस्वती पूजाको उपलक्ष्यमा सोही विद्यालयमा आयोजित एक समारोहमा निज श्रेष्ठका पिता होम बहादुर श्रेष्ठ तथा माता प्रेम कुमारी श्रेष्ठले संयुक्त रुपमा जिल्ला शिक्षा कार्यालय ओखलढुंगाका जिशिअ केदार कुमार गिरीलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो । श्री गिरीले सो चेक विद्यालयका संचालक समितिका अध्यक्ष फडिन्द्र केसीलाई हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा बोल्नु हुँदै जिशिअ गिरीले परदेशमा रहेपनि देश र जन्मभूमि सम्झनु पवित्र कार्य रहेको बताउनु भयो । त्यसैगरी दाताको तर्फ़बाट बोल्नुहुदै अक्षय कोशका संस्थापक होम बहादुर श्रेष्ठले विद्यालय भनेको भविष्यका कर्णधार जन्माउने पवित्र थलो भएको हुँदा यो कोषलाई बताउँदै लगिने कुरा बताउनु भयो । अक्षय कोशका संस्थापक परिवारलाई धन्यवाद ज्ञापन गर्नुहुँदै समितिका अध्यक्ष केसीले धन भन्दा पनि मन ठुलो हो, यस सहयोगलाई उचित ठाउँमा सदुपयोग गरिने कुरा बताउनु भयो । विद्यालयका प्रधानध्यापक रत्न केसीद्वारा संचालित सो कार्यक्रममा ओखलढुंगाका सरकारी वकिल एकराज अधिकारी, श्रेस्तेदार धन बहादुर कार्की, जिल्ला निर्वाचन कार्यालयका प्रमुख, जिल्लास्थित बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु, दाताका परिवार केन्द्र श्रेष्ठ, शिक्षक, विद्यार्थी, स्थानीय अभिभाबक हरुको उपस्थिति थियो । हस्तान्तरण कार्यक्रमकै बिच दाता होम बहादुर श्रेष्ठ तथा प्रेम कुमारी श्रेष्ठलाइ बिध्यालयको तर्फ़बाट जिशिअ, शिक्षक, विद्यार्थी, अभिभाबक एवम् स्थानीयबासीहरुबाट भब्य सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी